वैदेशिक रोजगारीमा गएका महिलाको पीडा
Advertise Here Book Now

niru-thapaऑनलाइन सिरहा डटकम जेठ २३ ओम प्रकाश /स्वदेशमा  अवसर नभएको भन्दै विदेशतिर काम गर्न जानेहरुको सङख्या दिन प्रति दिन बढ्दै  गइरहेको छ । प्रत्येक बर्ष लाखौ युवा युवती श्रम बजारमा आउँछन् । त्यमध्ये  धेरै जसोले विदेशी मुलुक लाई नै गन्तब्य बनाउछन् । हाम्रो देशमा ४० हजार  युवाका लागि पनि रोजगार दिन सक्ने अवस्था छैन् । यसो त युवा युवती आफै केही  गर्नतिर पनि चासो दिदैनन् । बरु रोजगारी दिन नसकेको भनेर सरकारलाई गालि  गदै विदेशतर्फ पलायन हुन्छन् । पुरुषको तुलनामा वैदेशिक रोजगारका जाने  महिलाको सङख्या कम छ तर जोखिममा पर्नेमा भने महिला बढी छन् । भारतको बाटो  भएर रोजगारका लागि अन्य मुलुक जानेहरु अझ धेरै जोखिममा परिरहेका छन् ।  दलालले थोरै रकममा विदेश पठाउने लोभ देखाउंछन् । भने प्रलोभनमा परेर धेरै  महिला ठगिने र अलपत्र समेत पर्ने गरेका छन् । कयौ दलालले महिलामाथि शोषण  गर्ने, प्रेम र विवाहको समेत आशा देखाएर महिलामाथि शोषण गरेका छन् काममा  लगाईदिने भन्दै विदेश लगेर बेच्ने गरेका छन् ।
कयौ दलालले  महिलामाथि शोषण गर्ने, प्रेम र विवाहको समेत आशा देखाएर महिलामाथि शोषण  गरेका छन् काममा लगाईदिने भन्दै विदेश लगेर बेच्ने गरेका छन् । कतिपय  नेपाली महिला कामकै सिलसिलामा गएकाहरु नेपाल फर्कदा अनिच्छित बच्चा समेत  लिएर आउन बाध्य छन् । नेपाल आएपछि घरपरिवारबाट घर निकाला गरिदिने, वैदेशिक  रोजगारबाट फर्केपछि एकले अर्कोलाई नस्वीकार्ने जस्ता घटना दिनप्रति दिन  बढीरहेका छन् ।कतिपय महिला जो घरेलु कामदारका रुपमा गएका हुन्छन् । उनीहरु वैदेशिक  रोजगारमा जाने महिलाहरु मध्ये ७० प्रतिशत भन्दा बढी समस्या कुनै पनि रेकर्ड  नभएका कामदारको देखिएको छ । जसमा भारत हुँदै लुकेर जानेहरु पर्दछन् ।  महिला श्रमिकको कुरा गर्ने हो भने जसमा घरमा काम गरिरहेका छन् । उनीहरुबाटै  शोषित भएका छन् । कतिपय नेपाली महिला कामकै सिलसिलामा गएकाहरु नेपाल  फर्कदा अनिच्छित बच्चा समेत लिएर आउन बाध्य छन् । जसले गर्दा महिला लाई  रोजगारमा कठिन भएको छ । नेपाल आएपछि घरपरिवारबाट घर निकाला गरिदिने,  वैदेशिक रोजगारबाट फर्केपछि एकले अर्कोलाई नस्वीकार्ने जस्ता घटना दिनप्रति  दिन बढिरहेका छन् । त्यस्तै हतारमा सीप नभई जानेहरु बढी जोखिममा पर्ने  गरेका छन् । उनीहरुले विदेशमा विभिन्न चुनौती खेल्नु परेको छ । हतार गरेर  सीप नसिक्किन जस्तो काम पनि गर्न सकिन्छ । भन्ने आशाले विदेश पलायन हुन्छन्  । तर उनीहरु त्यहाँ जोखिममा परेका हुन्छन् । उनीहरु रोजगारमा सुरक्षित  हुँदैनन् । आफ्नो गन्तव्य सुरक्षित नहुँदा नहुदै पनि स्वदेशमा अवसर कम र  आर्थिक रुपमा कमाइ गर्न सक्ने भन्दै विदेश जानेको सङख्या दिनप्रतिदिन बढ्दो  छ ।
२१ औ शताब्दीमा डुबुल्की मारेको संसारबाट नेपाल अझै पछाडि हुँदा आर्थिक  रुपमा समुन्नत हुन सकेको छैन् । पर्यात्त साधन स्रोत र सम्भावना हुँदा  हुँदै पनि आत्मनिर्भर बन्न नसकेका कारण रोजगारको पर्याप्तता बनेको छैन् ।  बेरोजगारीले आक्रान्त समाजमा गरिबीले रेखा काट्न मुस्किल परिरहेको कठोर  अवस्थामा नेपाली नारीहरु विभिन्न ढङगले पीडाको संघारमा पिसिँदै आएका छन् ।  सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक लैगिक लगायत राजनीतिकरुपले  पिल्स्याई एकातिर हुँदाहुँदै आर्थिक पीडाको चपेटाले उक्कन पाएका छैन् ।  यसले रिजल्ट कयौ नेपाली महिलाहरु गाडी मुलुकका घरेलु कामदारका रुपमा  जस्तोसुकै काम र बेहोराई खटिरहनु परेको छ । तर हाम्रो देश नेपालले आफ्नो  देशका चेलीले खेप्नु परेको पीडा वेवास्था छ । यसर्थ राज्यले नारीप्रति खासै  सम्मान दिन र व्यवस्था मिलाउन सकेको छैन् । जतिसुकै राजनीतिक परिवर्तन वा  लोकतान्त्रिक गुठ्ठी हांकिए पनि नेपाली चेलीले विदेशमा रहँदाको पीडा उही छ ।  सधैको राजनीतिक लडाइ, कलह, बन्द, हडताल अस्थिरताले रोजगारको आवश्यक  पुर्वाधार तयार पार्न नसकेको यी कारणले नेपालबाट दिनहुँ अत्याधिक सङख्यामा  चेलीहरु विदेशीनु परिरहेको छ । विदेशीने स्लिसिलामा खास गरी दुई ढंगको  परिस्थितिमा गएको भेटिन्छ । एउटा सम्पन्न वा वर्गका महिला विकसित मुलुकमा  अध्ययन लगायत बाहिरी काममा गएका छन् । भने अर्कोतर्फ विपन्न परिवार तथा  वर्गका गरिब, अशिक्षित महिला विशेषत ंखाडी मुलुकमा पुग्नु परेको छ । दुबई,  कतार, ओमान, साउदी अरब, कुवेत, बहराइन, इराक आदि जाने मध्ये प्राय गरेर  नोकरका रुपमा सीमित भएका छन् । भने चाहे विकसित देशमा पुगोस चाहे अविकसित  खाडी मुलुकमा महिलालाई अनेक प्रकारका चुनौती भोग्नु परेको छ । शारीरिक,  मानसिक अनेकौ प्रकारका पीडा झेल्नु परेको छ ।
जुन घरको भिसामा गएका चेलीहरु युवतीदेखि अधवैसेले कष्ठपुर्ण जीवन  गुजार्नु परेको हुन्छ । एकाध घरपरिवारका घर मालिक सन्जा होलान् । तर अन्यथा  प्राय मालिक बद्नियतका र नारीप्रति कुदृष्टि लगाउने खालका हुनाले नेपाली  नारी अस्मितामा खतराको स्थिति सृजना भएको छ । घरेलु भिसालाई कतिपयले त यौन  शोषणको लाइसेन्स बनाएका छन् । आप्ःनो र घरमा भएका उमेर पुगेका पुरुषहरुलाई  यौन तृष्ण मेटाउन स्रोत ठान्ने मात्र होइन् । पाहुना पुरुषलाई समेत  स्वागतका साथ प्रयोग गर्ने गर्दछन् । त्यसैले एक्लै भेटेमा वा कतै जान गाडी  चढेमा एकान्तमा लगेर सामुहिक बलात्कार समेत गरेर छाड्ने गर्दछन् । एकातिर  नारी अस्मिता वा संतित्व जोखिममा पर्छ । भने अर्कोतिर ज्यान नै खतरामा  परेको छ । त्यसैले वैदेशिक रोजगारमा विशेष गरी घरेलु कामदारका रुपमा जाने  महिला अनेकौ समस्याबाट पीडित छन् । त्यसैले महिला कामदारलाई सुरक्षित  रोजगारको तालिमपछि मात्र विदेश जाने अवस्था मिलाउनु आवश्यक छ । रोजगारमा  जाने महिलाले पनि कानुनी प्रकृया पु¥याएर जानु आवश्यक छ । केही प्रक्रिया  पु¥याएपछि जोखिमबाट बच्न सकिन्छ । यसतर्फ चनाखो हुनु हरेक नेपाली महिला अति  आवश्यक छ । रोजगारका लागि जाने महिलालाई उनीहरु जाने देशको भाषा,  संस्कृति, कानुन अधिकारबारे पर्याप्त जानकारी नहुँदा जोखिममा पर्ने  सम्भावना बढेको छ । नेपालबाट रोजगारका लागि भन्दै विदेशिनेहरु अधिकांशले  खाडी मुलुकलाई गन्तव्य बनाउन बाध्य भएका छन् । यसरी विदेश जानेहरुमा पनि  आर्थिक, सामाजिक, घरपरिवारबाट दबाइएका वा आर्थिक हिसाबले पछाडि पारिएका  महिलाहरु घरेलु कामदारमा बढी रहने गर्दछन् ।
अधिकांशले विदेश भन्न साथ ठूलो अपेक्षा गर्ने गर्दछन् । र पछि समस्या  पर्दा अत्तालिएर आत्महत्या समेत गरेका घटना पनि छन् । त्यसैले अनिवार्य  रुपमा अभिमुखीकरण तालिम भनिएता पनि त्यसलाई प्रभावकारी बनाउन नसक्दा  लुकीछिपी भारतको बाटो भएर रोजगारमा जाने हुदा यसले झनै जोखिम बढाएको छ ।  आफू विदेश जानु भन्दा पहिले कुन ठाउँ जाने हो त्यहाँ गएर के काम गर्ने हो  सीप सिकेको कामको विवरण तलब बारे वुझनु अति आवश्यक छ । वैदेशिक रोजगार  विभागवाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जानु पर्दछ ।  सगरमाथाको देश, गौतम बुद्धको देश, सांस्कृतिक तथा प्राकृतिक विविधताले  भरिपुर्ण जलस्रोतको पनि दोस्रो देश भनेर चिनिने नेपाली चेलीहरुको  अस्तिव्वलाई यस्तो चुनौती ? सीता जस्तो अस्तित्व र संतिव्वलाई कति पनि  डगमगाउन नदिएकी महान् नारीको देश नेपालका हामी चेली कष्ठपुर्ण जीवन भोगाई  चुनौतीको सामाना गर्नुपर्ने यसमा यो राज्यको गम्भीर ध्यान जाने की नजाने ?  सम्पुर्ण नेपाली चेलीको पीडा सिंगो नेपालकै पीडा हो त्यसैले नेपालकै पीडा  स्वरुप विदेशिएका चेलीहरुले सामना गर्नु परिरहेको चुनौतीप्रति सरकार लुप्त  रहनु कति सम्मको नाजायज काम हो गम्भीर प्रश्न ?

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्