पुष्प खेती सम्बन्धि प्राविधिक एसएलसी
Advertise Here Book Now
१४ कार्तिक- फ्लोरिकल्चर एशोसियसन् अफ
नेपाल (फ्यान)ले प्राविधिक शिक्षा तथा व्यबसायीक तालिम परिषद्
(सीटीईभीटी)सँग मिलेर पुष्प व्यबसायमा दक्ष जनशक्ति उत्पादन गर्ने
उद्देश्यले प्राविधिक एसएलसीको पाठ्यक्रम तयार पारेको छ । आठ कक्षा भन्दा
माथी उत्तिर्णलाई २९ महिने र एसएलसी उत्तिर्णलाई १९ महिने पाठ्यक्रम तयार
पारिएको फ्यान उपाध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।
नर्सरी व्यबस्थापन र पुष्प सजावट (फ्लावर
एरेन्जमेन्ट) बिषयका पाठ्यक्रम तयार पारिएको उनको भनाई छ । यि बिषयमा आउँदो
क्यालेण्डरदेखि पढाई सुरु हुने उनले जानकारी दिए । पढेर आएका युवाबाट
व्यबसायमा स्वच्छ प्रतिस्पर्धा हुने र दक्ष जनशक्तिको अभाव नहुने उनको
बुझाई छ ।
यस्तै, निशुल्क दिईएको तालिममा युवा
आकर्षण कम देखिएपछि फ्यानले अबदेखि सञ्चालन गर्ने तालिम शुल्क लिएर मात्र
गर्ने योजना बनाएको छ । सित्तैमा पाईएको तालिम भनेर प्रशिक्षार्थीले
लापरवाही गर्ने गरेकाले निशुल्क तालिमका बिषयमा पुर्नविचार गर्न लागिएको
उनले बताए ।
नेपालमा अहिलेसम्म ४१ जिल्लाको १ सय ४०
हेक्टर क्षेत्रफलमा फूल खेती भैरहेको छ । वार्षिक झण्डै एक अर्बको कारोबार
भैरहेको फुल खेतीबाट प्रत्यक्ष ११ हजार र अप्रत्यक्ष ४१ हजारभन्दा धेरैले
रोजगारी पाएका छन् । गमला निर्माण, माटो तथा मल विक्रि/व्यबस्थापन, क्रेट
निर्माण जस्ता नेदेखिएका क्षेत्रले पनि रोजगारी सिर्जना गरिरहेको छ ।

