सप्तरीमा रगत अभाव
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ,असाढ़ १४ /सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको हाताभित्र रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ ।
करिब १५ दिनदेखि रगत अभाव रहेको रक्त सञ्चार केन्द्रले जनाएको छ । ‘ए’
पोजेटिभ, ‘ए’ नेगेटिभ ‘बी’ पोज्ोटीभ ‘बी’ नेगेटिभ र ‘ओ’ पोजेटिभ रक्त
समूहको रगतको कमी भएको जनाएको छ ।
उक्त रक्तसञ्चार केन्द्रमा तीन पोइन्ट ‘ओ’ नेगेटिभ रगत भए पनि त्यो जतिबेला पनि सकिने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ ।
छुट्टाछुट्टै घटनामा परी एक बालिकासहित दुईको मृत्यु
छुट्टाछुट्टै घटनामा परी सप्तरीमा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ ।
सप्तरीको रौतहट गाविसको पोखरीमा आज एक बालिकाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रौतहट गाविस–४ निवासी अशोक दासकी तीन वर्षीया छोरी नन्दनी दास रहेको प्रहरीले जनाएको छ ।
आइतबारदेखि हराइरहेकी नन्दनीको खोजी गर्दा वडा नं ५ स्थित रहेको पोखरीमा
आज डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा
अञ्चल अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरीको खोजपुर गाविस–६ घर भई हाल राजविराज नगरपालिका–६ स्थित
खर्साल टोलमा डेरा गरी बस्दै आएका एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा जीतेन्द्र दासका १७ वर्षीय छोरा दिनेश दास रहेको सप्तरी
प्रहरीले जनाएको छ । दासले डेरा गरी बस्ने कोठामा डोरीको पासो लगाएर
आत्महत्या गरेको प्रहरीले जनाएको छ । रासस

