भुकम्पपीडितको सहायोगार्थ बलेवा सेवा समाजबाट ३ लाख ५० हजार सहयोग
Advertise Here Book Now

group
ऑनलाइन सिरहा डटकम 

भुकम्पपीडितलाइ बलेवा सेवा जापानले ३ लाख ५० हजार सहयोग गरेको छ । भूकम्प प्रभावितको सहगोर्थ राहत सामग्री एवं अस्थायी घर निर्माण अभियानमा जुटिरहेको युवा फिल्मकर्मी संगठित ‘हामी सबैका लागि’ लाई समाजले चेक हस्तान्तरण गरेको हो ।
गायक तथा संगीतकार योगेश काजीको पहलमा समाजले मंगलबार उक्त अभियानलाई रकम प्रदान गरेको जनाएको छ। फिल्मकर्मीहरुले प्रशंसनीय काम गरेको देखेर सहकार्यका लागि हात बढाएको बताए योगेश काजीले बताए । चेक ग्रहण गर्दै अभियानका संयोजक सुरेश दर्पण पोखरेलले समाजबाट प्राप्त रकमले काभ्रेपलाञ्चोकमा तीन वटा विद्यालयको संरचना निर्माण गर्ने जनाए ।
बलेवा समाजका प्रतिनिधि राजु केसीले आफूहरुले संकलन गरेको रकम सार्थक ठाउँमा खर्च हुन लागेकोमा खुशी व्यक्त गरे

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्