रुसलान भोडका देखि सावधान, सिल बोतलमा भेटियो झिंगाको पखेटा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम प्रविण टिबडेवाल ।रौतहट
जेठ १८ ।रौतहटको सदरमुकाम गौर स्थित एक मदिरा पसलबाट रुसलान भोडका नाममा
मदिराको सिल बोतल भित्र झिंगाको पखेटा जस्तै देखिने अखाद्यय बस्तु देखा
परेको छ । एसियन डिष्ट्रिलरी पर्साले उत्पादन गरेको सो मदिराको बोतल भित्र
लेदो सहित अखाद्यय वस्तु देखा परेको हो । आफ्नो उत्पादनको स्टिकरमा
उत्कृष्ट उत्पादनको अवार्ड विजेता भएको प्रिन्ट सहित एसियन डिष्ट्रिलरीले
उत्पादन गरेको सो मदिराको बोतल भित्र झिंगाको पखेटा जस्तै देखिने फोहर
भेटिए पछि रुसलान भोडका लगायत एसियन डिष्टिलरीले उत्पादन गर्दै आएको अन्य
ब्राण्डका मदिराको गुणस्तर माथी शंका उब्जीएको हो । एक त आफैमा स्वास्थ्यका
लागि हानिकारक रहेको मदिराको सिल बन्द बोतल भित्र अखाद्यय वस्तु फेला परे
पछि रुसलान भोडका गुणस्तरहिन रहेको उपभोक्ताहरु बताउछन् । रौतहटका लागि
रुसलान भोडकाको अधिकृत विक्रेता रहेको गणपति ट्रेडर्सका संचालक संजिव केशरी
संग यस सम्बन्धमा सोध्दा आफूलाई उत्पादक कम्पनीले पठाउने माल समान आफू पनि
शिघ्र रुपमा बजारमा पठाउने गरेको तथा रौतहटमा यस्तो गुणासो आएको भनेर
कम्पनीलाई जानकारी गराउंदा कम्पनीले खासै गम्भिरता पूर्वक चासो नदेखाएको
बताए । मानव जीवन संग खेलवाड गर्दै आएको एसियन डिष्टिलरीको गैर जिम्मेवारी
रवैया प्रति समयमै उपभोक्ता स्वंम सचेत हुनु जरुरी रहेको देखिन्छ । रुसलान
भोडका भित्र अखाद्यय वस्तु फेला परेको कुरा रौतहटका प्रमुख जिल्ला अधिकारी
मदन भुजेललाई जानकारी गराउदा यो विषय वस्तु घरेलु उद्योग कार्यालयले हेर्ने
भएकोले उसैलाई जानकारी गराउनु भन्दै पन्छिन खोजेका छन् । प्रजिअ भुजेलको
जवाफ पश्चात घरेलु उद्योग कार्यालय रौतहटका प्रमुखलाई रुसलान भोडका नामक
मदिरामा अखाद्यय वस्तु फेला परेको हो तपाई कारवाही गर्नुस भनी गुणासो गर्दा
गुटखा, चुरोट, मदिरा जस्ता वस्तुमा आफूहरु हस्तक्षेप गर्न नमिल्ने भएकोले आन्तिरक राजश्व कार्यालय लाई भन्नु भनि प्रतिक्रिया दिएका छन् ।


