बसको ठक्करबाट मोटरसाइकलमा सवार १ को मृत्यु
Advertise Here Book Now

Siraha Times's photo.ऑनलाइन सिरहा डटकम १९ जेठ, बिराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी चोकमा मंगलबार बिहान मोटसाइकल र बस जुध्दा मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको छ । मोटरसाईकलमै सवार दुई जना घाइते भएका छन् ।
बिहान ७ बजेर ४० मिनेटमा दक्षिणबाट उत्तर तर्फ गइरहेको मे २ प ३५९ को मोटरसाईकललाई पश्चिम दिशाबाट आइरहेको ना ५ ख ४७८३ नम्बरको बसले ठक्कर दिँदा उर्लाबारी-३ सुर्यचोकका १९ वर्षीय सबिन पौडेलको मृत्यु भएको हो ।
घाइतेमध्ये मोटरसाइकल चालक इलाम साक्फारा-५ का २६ वर्षीय चित्र राईको न्युरो अस्पताल र उर्लाबारी- ३ की २८ वर्षीया उमा निरौलाको अरनिको अस्पतालमा उपचार भइरहेको छ ।
बस र बस चालक बिराटनगर-२ निवासी ४८ वर्षीय सोमनाथ नेपाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्