मधेशी नेताहरुको प्रतिकार गरौं : डा.सीके राउत
Advertise Here Book Now
हामी मधेशीहरू सँधै आपसमा रुवाबासी गर्छौं कि हामीलाई त मधेशी नेताले धोका दिए, बरबाद पारे, भ्रष्ट भए। त्यही कुरा हामी जहिले पनि जहाँसुकै सुन्दै आएका छौं। बिगत ३ वर्षमा हामीलाई पनि त्यही भनेर सबैले गाली गरे, केही मधेशी नेतासँगको रिस हामीमाथि पोखे। तर सोच्नु पर्ने कुरा हो...
त्यसता नेताले बारम्बार धोका दिए पनि, मधेशलाई बरबाद पारे पनि, भ्रष्ट भए पनि आखिर तिनीहरूलाई स्थान दिने को त ? तिनीहरू मधेशमा आए पछि मंचमा बसाएर फूल माला लाउने को त? तिनीहरूको भाषण सुनेर ताली बजाउने को त ? तिनी नेताहरूको ईशारामा पुतला जलाउने को त ? तिनीहरू मधेशसँग गद्दारी गर्दा पनि तिनीहरूलाई मधेशमा हिँडन दिने को त ?
आखिर ५४ जना भन्दा बढी शहीदको रगत बगाएर नै धूलोबाट उठी रातारात मधेशका मसीहा बनेका नेताले मधेशी शब्द नै मेटाएर पहाडीसँग मिले पछि कसरी मधेशी जनताका बीच फेरि पाइला राख्न सके ? टाउकोदेखि खुट्टासम्मै भ्रष्ट भएर मधेशलाई नै बिक्री गरिसकेका नेताहरू कसरी मधेशमा आएर फेरि मंच ठ्डयाएर संबोधन गरे ? सैकडौं शहीदको बलिदानी, हजारौं आन्दोलकारीले बगाएको रगतलाई सौदा गरेर मधेशको मोडमोडमा APF लगाइ दिएका नेताहरू फेरि कसरी मधेशी शहीदको फोटोमा माल्यार्पण गर्ने नाटक गर्न सके त?
प्रचण्डले जनक्रान्तिलाई धोका दिएको भन्दै उनकै कार्यकर्ताले मंचमै पुगेर गालामा थप्पड हाने, झलनाथ खनाललाई देश बिगारेको भनेर उसकै समर्थकले झापड हाने, र त्यसैगरि शुशील कोइरालालाई पनि। तर नेताहरूले मधेशीसँग यति बिघ्न गद्दारी गर्दा पनि कुनै मधेशीले सामान्य प्रतिकार समेत गर्न सके ? कुनै मधेशी सपूतलाई त्यस्ता गद्दार र भ्रष्ट नेताको प्रतिकार गर्ने क्षमता भयो? खै त त्यस्तो सच्चा मधेशी सपूत ? खै त मधेशी बलिदानीको सामान्य हिसाब समेत मागेका मधेशीहरूले ?
जनकपुरबासीले शहीद राजाराम झा को मृत्यु किन भयो, जवाब देऊ, भनेर हिसाब मागे? बारामा जयनारायण पटेलको लाशलाई कतिमा बेच्नु भयो नेताजी भनेर सोधे? रौतहटका जनताले रामअशीष ठाकुरको मृत्युलाई कतिमा बेच्नु भयो नेताजी भनेर सोधे? ५४ मधेशी शहीदको बलिदानीलाई मेटाउदै मधेशी शब्द नै लोप गराएर किन मधेशमा आउनु भयो, सोधे?
उल्टा यी गद्दार र भ्रष्ट नेताहरू आएपछि हामी पर्रर ताली बजाइदिन्छौं। उल्टा, जो आए पनि स्वागत गर्ने त हाम्रो संस्कार हो भनेर ङिच्च दाँत देखाएर हामी मधेशी हाँसेर कुरा पन्छाइदिन्छौ। संस्कार र दासतामा फरक हुन्छ। जहाँ दासता नै संस्कार हुन्छ भन्ने त्यो संस्कार बदल्नैपर्छ।
जस्तोसुकै गद्दार र भ्रष्ट नेता आए पनि मधेशीमा यस्तो दासताको मानसिकता छ कि हामी दूध लिएर त्यही भ्रष्ट नेताको खुट्टा धून जान्छौ, अनि उनीहरूले किन धोका न दिऊन् त?
हाम्रो यही करतूतले गर्दा पार्टीका नेताहरू सोच्छन् कि मधेशी जनता बेवकूफ छन्, उनीहरू जे गरे पनि मधेशी जनताले आखिर उसलाई पूजा गरिरहने छन्। नेताहरूले खुलेआम भन्छन्, हामी त जनतालाई चुनावको समयमा ५० रुपैयाँमा किनिहाल्छौं नि! यसरी हामीलाई सस्तो ठान्छन्, मधेशी नेताहरू, हाम्रो आफ्नै कर्मले गर्दा। प्रतिकार गर्ने क्षमता न भएकैले मधेशीलाई बारम्बार धोका भएको हो, मधेशी नेताले मधेशी जनतालाई वेबकूफ मानेर व्यवहार गर्दै आएका हुन्।
यदि हामीमा प्रतिकार गर्ने हिम्मत छैन भने शिकायत गर्ने अधिकार पनि छैन कि हामीसँग धोका भयो। किनकि प्रतिकार न गरेर त्यस्ता धोका दिने गद्दार र भ्रष्ट नेताहरूलाई तपाईं-हामीले नै संरक्षण गरेका हौं, तपाईं हामीले नै चुनाव जिताएर पठाउँछौं। नेताहरूको कठपुतली बनेर नाच्दै हामी जनताले नै धोखा दिन नेताहरूलाई हौसला दिएका हौं।
त्यही भएर दोष दिनु भन्दा पहिला जागौं, र मधेशबाट गद्दार र भ्रष्ट नेताहरूलाई प्रतिकार गरौं। चाहे ती जुनसुकै पार्टीको किन न होस्, मधेशीको अधिकार विरुद्ध बोल्ने, मधेशी शहीदको रगत बेच्ने र मधेशीलाई बारम्बार धोका दिने जो सुकै नेतालाई प्रतिकार गरौं।
***
तो है कोई माइके लाल
जो मधेशी शहीदों के खून का हिसाब नेताओं से मांग सके ?
गद्दार और भ्रष्ट नेताओं का प्रतिकार कर सके?
जिसने मधेशी शहीदों का खून बेच दिया, उसका हिसाब ले सके ?
तो दिखाओ, साबित करो।
गद्दारी - नहीं चलेगी, नहीं चलेगी
गद्दारों - मधेश छोडो, मधेश छोडो
अब किसी नेता, पार्टी के लिए नहीं, सिर्फ अपनी आजादी के लिए मधेश लडेगा
नेपाली उपनिवेश अंत हो, मधेश देश स्वतन्त्र हो
जय मधेश, अपना देश
डा.राउतको फेसबुकबाट

