सिरहामा भिनाजुको नाममा परीक्षा दिँदा सालो पक्राउ
Advertise Here Book Now
सिरहा, २८ असार । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा भिनाजुको नाममा परीक्षा दिन पुगेका सालो पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी कल्याणपुर गाविस– ६ का शिवनारायण साहका छोरा दिनेशचन्द्र साह रहेका छन् ।नातामा आफ्नै भिनाजु पर्ने भोला साहको नाममा परीक्षा दिइरहेका अवस्थामा लहानस्थित पशुपति आदर्श उच्च मावि परीक्षा केन्द्रबाटै सालो दिनेश पक्राउ परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले बताए ।


