राजविराज नगरपालिकामा सिसी टिबी क्यामरा जडान गर्ने सर्वसम्मत निर्णय भएको छ ।
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम आसार २८,सप्तरी उद्योग वाणिज्य संघको आयोजनामा आईतबार राजविराजमा आयोजित नगर क्षेत्र भित्र सिसी टिभी क्यामरा जडान सम्बन्धित छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले नगरमा बढ्दो चोरी, लुटपाट तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि सिसी क्यामराको आवश्यकता रहेको भन्दै अगामी एक महिना भित्र सो जडान हुने जानकारी दिनुभयो ।पटक पटक राजविराज नगरमा रकम लुटपाट,चोरी जस्ता घटनाहरु घटिरहेकोले त्यसलाई नियन्त्रण गर्नका लागि नगरमा सिसी टिबी क्यामरा जडान गर्ने सर्वसम्मत निर्णय भएको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिनुभयो ।यसैबिच सो छलफल कार्यक्रमबाटै सिसी टिबी जडान तथा दिर्घकालिन व्यवस्थापनका लागि एक समिति समेत गठन गरीएको छ ।सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण प्रसाद चिमरिया, कोषाध्यक्षमा ईटा व्यवसायी संघका अध्यक्ष शंकर दास र सदस्यहरुमा शशि यादव र शिव नारायण साह रहनुभएको छ ।त्यस्तै सल्लाहकारहरुमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, स्थानीय
विकास अधिकारी कोमल प्रसाद धमला, श्री कृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य सहित रहनु भएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्