दुई दिनमा माग पुरा नभए तालावन्दी सहित काडा संर्घषमा उत्रिने स्थानियको चेतावनि
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम रामनारायण पंडित .  १६ असार ।सिरहा दुई दिनमा हाम्रो माग पुरा नभए तालावन्दी सहित काडा संर्घषमा उत्रिने स्थानियहरु चेतावनी दिएको छ । 
रकम भुक्तानीको माँग गर्दै हिजो मंगलबार नगर उपभोता समितले मिर्चैया नगरपालिकामा तालाबन्दी गरि धर्ना दिएको दिएर आफना यो आन्दोेलनले मागँ सुनुवाइ भएन भने असार १७ गतेदेखि अनिश्चित कालका लागि नगरपालिकाको मुल गेटमा तालाबन्दी गर्ने उपभोता समितिले चेताबनी दिएका छन् । चेतावनि दिएको छ । मिर्चैया नगरपालिका १० गमहेशपुर मिथलेसरमा तीन वटा नयाँ पोखरी निर्माण र वृक्षारोपनका लागि २९ लाख ३५ हजार रुपैया उपलब्ध गराउन माँग गर्दै उपभोक्ता समितिले  मिर्चैया नगरपालिकाको मुल गेटमा हिजो  बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा तालाबन्दी गरेको चेतावनी स्वरुप र्धानामा वसेको थियो ।  पोखरी निर्माणका काम सम्पन्न गरेको ३ हप्ता बितेपनि नगरपालिकाले रकम उपलब्ध गराउन आलटाल गरेकोले बाध्य भई तालाबन्दी गर्नु परेको उपभोत्ता समितिका अध्यक्ष रामबाबु यादबले बताए । समयमा रकम उपलब्ध नगराएकोले वृक्षारोपनका काम पनि हुन नसकेको उपभोता समितिको भनाई रहेको छ । यता, नाप, जाच, बिल र भर्पाइ भएपछि छिट्टै रकम उपलब्ध गराउने मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दासले बताए । तालाबन्दी कार्यक्रममा उपभोत्ता समितिका अध्यक्ष राम बाबु यादब, सचिब राम नाथ पंडित, कोषाध्यक्ष कारो देबि महरा, सदस्यहरु सुर्यनाथ यादब, श्याम मंडल, बिजय यादब, दिलिप कुमार साह, बेचन साह सल्लाहकार नथुनी मंडल लगायतका उपस्थिति रहेको थियो ।हाल मिर्चैया नगरपालीका भित्र रामपुर बिर्ता,मल्हनिया खोरी,राधोपुर,रामनगर मिर्चैया,फुलबरिया,गम्हरिया महेशपुर तथा सितापुर प्ररा गाविसहरूलाई मिलाएर मिर्चैया नगरपालिका बनाइएको हो । त्यसैले बि।स।२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर ४५,७१६ रहेको छ ।साभार मधेश एक्सप्रेस 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्