मधेशी पार्टीहरु द्धारा प्रारम्भिक मस्यौदालाई काठमाडौ सहित पुरै मधेशमा जलाइयो
Advertise Here Book Now

हिजो मात्रै संविद्यानसभामा पेश गरिएको नयां संविद्यानको प्रारम्भिक मस्यौदालाई मधेशी पार्टीहरुले काठमाडौ सहित मधेशका जिल्लाहरुमा जलाएर अस्विकार गर्ने जनाएको छ । काठमाडौको बबरमहरमा प्रमुख मधेशी पार्टीहरुका अध्यक्ष वाहेकका शिर्ष नेताहरुको अगुवाईमा जलाइएको थियो भने मधेशका जिल्लाहरुमा मधेशी पार्टीहरुका स्थानिय नेताहरुको अगुवाईमा जलाइएको थियो । मस्यौदा जलाउने गएका मधेशी पार्टीका नेताहरु संगै मधेशका स्थानिय वुद्धजिवी, समाजिक अगुवाई समेत मस्यौदा जलाउन गएका थिए । प्रमुख चार दल विच भएको १६ बुदे सहमतीको अनुरुप ल्याएको प्रारम्भिक मस्यौदालाइ मधेशी पार्टीहरुले हिजो राती संविद्यानसभा हल भित्रै च्यातेका थिए । 


१६ बुदे सहमतीको सुरु देखि नै विरोध गर्दै आएका मधेशी पार्टीहरुले यसले संघियतालाई समाप्त पार्न लागेको आरोप लगाएका छन । नयां संविद्यानको प्रारम्भिक मस्यौदाले संघियता सम्बन्धी आयोग बनाएर पछि यसको टुगां लगाउने प्रावधान राखेको छ । जसलाई अन्त्रिम संविद्यानको भावना विपरित भएको भन्दै सर्वोच्चले समेत त्यसो नगर्न आदेश दिएका थिए । तर प्रमुख दलहरुले सर्वोच्चले संीवद्यानसभाको क्षेत्राधिकारमा बोल्न नमिल्ने भन्दै प्रक्रियालाई अगाडी वढाएका थिए ।

आज मात्रै सर्वोच्चमा उनको आदेशलाई पालना नगरेर काम गरेको भन्दै संविद्यानसभाको सभामुख, मस्यौदा समितीका सभापति कृष्ण सिटौला र ६०१ जना सभासद विरुद्ध अर्को मानहानीको मुद्धा दायर भएको छ । 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्