अतिक्रमित सार्वजनिक जग्गामा नगरपालिकाको हस्तक्षेप सुरु
Advertise Here Book Now

ऑनलाइन सिरहा  डटकम ,गाईघाट (उदयपुर), असार १८ गते। उदयपुरको कटारी नगरपालिका क्षेत्रभित्र लामो समयदेखि अतिक्रमित हुँदै आएको सार्वजनिक जग्गालाई नगरपालिकाले हस्तक्षप गरेर आफ्नो मातहतमा ल्याउने अभियान सुरु गरेको छ । नगरपालिकाभित्र अतिक्रमित भएका झण्डै २०० बिघा सार्वजनिक जग्गामध्ये अहिले १८ दिनभित्र ७६ बिघा जग्गामा सीमाङ्कन गरेर नगरपालिकाको मातहातमा ल्याएको नगरपालिकाका कार्यकारी अधिकृत डमरुबल्लभ दाहालले बताउनुभयो ।
अतिक्रमित भएका जग्गामध्ये नगरपालिकाको ४ नम्बर वडाको ग्राँस भन्ने स्थानमा १६ बिघा, नगरको वडा नम्बर ७ को तावाखोला क्षेत्रमा २५ बिघा जग्गामा तारबार तथा घेराबेरा लगाइ सीमाङ्कन गरिएको नगरपालिकाले जनाएको छ ।
यसअघि उक्त जग्गाबाट हट्न र प्रयोग नगर्न स्थानीयवासीलाई पटक–पटक नगरपालिकाले सूचना जारी गरेपनि स्थानीयहरुले जग्गा उपभोग गर्दै आएका थिए । नगरपालिकाको सूचनालाई अटेरी गरेपछि इलाका प्रहरी कार्यालय कटारी, सशस्त्र प्रहरी, मालपोत तथा वन कार्यालयको प्रतिनिधिसहित सुरक्षाकर्मीको सहयोगमा अतिक्रमित जग्गामा नगरपालिकाले पिलर गाडेर तारबार गरेको जनाएको छ ।
स्थानीयवासीले भने नगरपालिकाले थाहै नदिइ आफूहरुले खेती गरेको अन्नबालीसमेत नष्ट गरेर प्रहरी प्रशासनको बलमा जग्गा कब्जा गरेको आरोप लगाएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्