शिक्षाप्रति सिरहाका शिक्षा अधिकारीको सूचना लापरवाही, बलही विद्यालयमा शिक्षक अभाव
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम, दिनेश्वरप्रसाद गुप्ता,लहान, १९ असार । निजी भन्दा
सामुदायिक विद्यालयमा आज पनि शिक्षास्तर गतिलो रहेको अवस्थामा शिक्षक
अभावले कठिनाई भोगिरहेको छ । सिरहाको श्री रजै जनकलाल मावि बलही २००७ सालमा
स्थापना भएपनि त्यहां शिक्षकको अभावले विद्यार्थीहरु मारमा परेका छन् ।
गतिलो शिक्षाको व्यवस्था भएकोले रजै माविमा एक हजारबढी विद्यार्थी छन् ।
जहां विद्यार्थीको अभावमा सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुग्ने
गरेको छ त्यहां बलहीका रजै माविमा शिक्षक कम भएपनि विद्यार्थी संख्या
दिनदिनै बढ्दै गएको छ ।


‘शिक्षाको
गुणस्तरको लागि हामी कसैसंग सम्झौता गर्दिन ।’ ‘राम्रो पढाई भएकै कारण
हाम्रो विद्यालयमा दिनदिनै विद्यार्थीको संख्या बढ्दै गएको छ ।’ रजै माविका
प्रअ मनोजकुमार झा बताउंछन् ।
प्रअ
झा अगाडि थप्छन् —‘२० जना शिक्षकको दरबन्दी रहेपनि शिक्षा कार्यालयको
लापरवाहीले ५ शिक्षकको अझ पनि उपलब्ध नभएको अवस्था छ ।’ ‘शिक्षामा थप
गुणस्तरको लागि यस विद्यालयमा यथाशिघ्र शिक्षकको पदपूर्ती हुनुपर्छ ।’ यस
विद्यालयमा ७० प्रतिशत छात्रा छन् । छात्रहरु शहरियामुखी भएको अवस्था छ ।
दुर्गापुर
र बलही गाविसको संयुक्त विद्यालय भएकोले निर्माण व्यवस्था समेत सवल रहेको छ
। ४ महिला र ३ पुरुषमैत्री शौचालय रहेको छ भने शिक्षकहरुको लागि अलगै
व्यवस्था गरिएको छ । महिला र पुरुषको लागि अलग अलग युरिनलको व्यवस्था
गरिएको छ । विद्यालय परिसरमै साईकल स्टेनको व्यवस्था मिलाइएको छ भने थप भवन
निर्माण कार्य जारी रहेको छ ।

आ.ब. ६९—०७० मा ४ कोठे भवन निर्माण कार्य थालिएको छ । सो भवनको लागत २४ लाखको बजेट बिनियोजित गरिएको हो । निर्माणाधित भवनको कार्य ९० प्रतिशत काम पुरा भएको छ भने केही महिनाभित्रै बांकी निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसैसाथ मर्मत कार्य पनि भइरहेको अवस्था छ ।

आ.ब. ६९—०७० मा ४ कोठे भवन निर्माण कार्य थालिएको छ । सो भवनको लागत २४ लाखको बजेट बिनियोजित गरिएको हो । निर्माणाधित भवनको कार्य ९० प्रतिशत काम पुरा भएको छ भने केही महिनाभित्रै बांकी निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसैसाथ मर्मत कार्य पनि भइरहेको अवस्था छ ।
विद्यालय
व्यवस्थापन समितिका अध्यक्ष नन्दकुमार महतो भन्छन् —‘शिक्षक अभावलाई
पूर्ती गर्न शिक्षा कार्यालयलाई पटक पटक आग्रह गरे ’ तर, ‘ हालसम्म कुनै
कानवात नदिएकोले विद्यार्थीहरु यसमा ठूलो मारमा परेको छ ।’ ‘अब लाग्छ
शिक्षक पूर्तीकै लागि आन्दोलन गर्नुपर्ने समय नआउंला भन्न सकिन् ।’
यहां
सिरहा जिल्लाका शिक्षा मन्त्री चित्रलेखा यादव र यसपनि उहां मन्त्री
यादवकै छिमेकी गाउंका विद्यालयमा शिक्षक अभाव रहंदा कसको के लाग्छ र ?
यसप्रति शिक्षा मन्त्रीको पनि दायित्वबोध हुनुपर्छ की पदैन् ? अर्कातीर
सिरहाका जिल्ला शिक्षा अधिकार ओम कटुवालको मोबाईल नम्बर ९८५२८३१५१५ मा
सम्पर्क गर्दा ‘यो नम्बर रजिष्टर गरिएको छैन् ।’ सूचना दिने गरेको छ ।
शिक्षाप्रति शिक्षा अधिकारीको लापरवाही सूचनाले सिरहाको शिक्षामा कहिले
सुधार आउंला भनी व्यापक प्रश्न उठ्न थालेको छ ।


