यौनसम्बन्ध राख्न नमानेपछि डेढ महिनामै लाश बनिन्
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम,इस्लामिक संस्कृति अनुसार ढेडमहिना अघि वैवाहिक बन्धनमा बाँधिएका कपिलवस्तु पिपरा गाविस–२ बुलाडिहवा निवासी महताव आलमले पत्नी मेराजुन निसाको घाँटी थिचेर हत्या गरेका छन्।

सोमबार मध्यरातमा सँगै सुतेकी पत्नीले यौन सम्पर्क गर्न नदिएको आक्रोशमा पतिले घाँटी थिचेर हत्या गरेको रहस्यमय घटना कपिलवस्तु प्रहरीले बिहीबार खुलासा गरेको समाचार अन्नपूर्णपोष्टले दिएको छ।
यौन असन्तुष्टीकै कारण आक्रोशमा पत्नीको घाँटी थिच्दा अप्रिय घटना हुनपुगेको पति आलमले बयान दिएको प्रहरी उपरीक्षक विक्रम गुरुङले जानकारी दिए।
आलम दम्पतीबीच यौन सम्र्पकको समयमा बारम्बार झगडा भइरहने, विवाहपछि पनि मेराजुन अपरीचित पुरुषसँग मोबाइलमा धेरै कुराकानी गरिरहने र घरको काममासमेत दुईबीच विवाद भइरहने प्रारम्भीक अनुसन्धानमा फेला परेको प्रहरीले बतायो।
‘मुख्य जड भनेको यौन असन्तुष्टी र शंकैशंकामा आक्रमक बनेर हत्या गरेको देखिन्छ’ प्रउ गुरुङले भने। सोमबार राती २ बजे घाँटी थिचेर हत्या भएको महिलाको शव मंगलवार साँझ माइती पक्षले जिम्मा लिएर दाहसंस्कार गरेका छन्।
छोरीको हत्या ज्वाइँको मिलोमतोमा घरपरिवारले गरेको भन्दै मोहोम्मद रफिकले प्रहरीमा लिखित जाहेरी दिएका छन् । जाहेरीको आधारमा प्रहरीले मृतकका पति महताब, देवर अफताब आलम र ससुरा हबिबुरलाई पक्राउ गरेको छ।
बिहे हुँदा दाइजोमा ससुरालीबाट २ लाख रुपैयाँ लिएको आलमले बताए । दाइजोको निहुँमा ३ जना मिलेर छोरीको हत्या गरेकोे मृतकका बुवा मोहोम्मद रफिकले आरोप लागाएका छन्।
विवाहअघि दाइजोकारुपमा दिन तय गरिएको ५ लाख मध्ये एकलाख रुपैयाँ दिन ढिलो गरेकाले ३ जना मिलेर छोरीको घाँटी थिचेर हत्या गरेको रफिकले आरोप लगाएका छन्।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्