बोक्सी विद्या सिक्न ३ वर्षीय नाबालकलाई बली दिएपछि…
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम,बोक्सी विद्या प्राप्त गर्न ३ वर्षीय नाबालकलाई बली दिने रौतहटका २ जनालाई पुनरावेदन अदालतल हेटौंडाले सर्वश्वसहित जन्मकैद फैसला सुनाएको छ।

रौतहटको समनपुर ८ का महादेवी भनिने महवादेवी यादव र उनका गुरु छबिलाल रायलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।
अन्धविश्वासमा लागेर बालकको हत्या गरेको भन्दै दुवै जनालाई सो सजाय सुनाइएको अदालतका सूचना अधिकृत बद्रिप्रसाद लामिछानेले जानकारी दिए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्