आइएस को विषयमा छलफल गर्न, भारतीय प्रधानमन्त्रीको मध्य एसिया भ्रमण
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इस्लामिक स्टेट (आइएस) को विषयमा छलफल गर्नका लागि मध्य एसियातर्फ जान लाग्नुभएको बताइएको छ ।
उहाँको आगामी हप्ता हुन लागेको काजकिस्तान, किर्गीस्तान, उज्वेकिस्तान, ताजीकिस्तान र तुर्कमेनिस्तान भ्रमण हुन लागेको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीले आगामी जुलाई ६ देखि १३ सम्म ती देशको भ्रमण गर्न लागेको बताइएको छ ।
त्यसैगरी उहाँ बिआरआइसीएस र साङघाई कर्पाेरेसन आर्गनाइजेसनको सम्मेलनमा पनि सहभागी हुनको लागि रसियाली सहर उफा पनि जानुहुने बताइएको छ ।
प्रधानमन्त्रीले सुरक्षा बलको आतङ्कविरुद्ध टेक्नोलोजीको विषयमा छलफल गर्नुहुने एक स्थानीय समाचारपत्रले जनाएको छ ।


