अब उजुरी दिनेलाई पनि नछाडिने
Advertise Here Book Now

dharap-gharऑनलाइन सिरहा डटकम,२८ असार– काठमाण्डु महानगरपालिकाले घर भत्काउन उजुरीदिनेमाथि पनि अनुसन्धान थाल्ने भएको छ । रिसिइबीका कारण अधिकांश छिमेकीले भूकम्पको कारण देखाउँदै तत्काल घर भत्काउनुपर्ने उजुरीको चाङ लाग्न थालेपछि कामपाले उजुरीकर्ताको घरको समेत अनुसन्धान गर्ने भएको हो ।
कामपाका कार्यकारी अधिकृत रुपद्रसिंह तामाङले रिस उठेको छिमेकीले मनपरी रुपमा उजरी दिन थालेपछि उनीहरुमाथि नै छाविन गर्न सदाचार फारम भर्नुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । उनले यो व्यवस्था साउन १ गतेदेखि लागू हुने बताए । बेनामी उजरी दिने अनि घर भत्काउनुपर्छ भनी ठूलाबडाको दबाब दिने प्रवृत्ति अन्त्य गर्न उजुरीकर्ताले अनिवार्य रुपमा फारम भर्नुपर्ने बाध्यकारी व्यवस्था  लागू गर्न लागेको कामपाले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्