करोडपति अभियुक्तलाई प्रहरीको स्यालुट
Advertise Here Book Now

salutecmpdऑनलाइन सिरहा डटकम, २९ असार– पैसाहुनेहरु र सबैतिर सेटिङ मिलाउने व्यक्तिहरुलाई नेपालमा कानुनले छुँदैन । अन्तराष्ट्रिय अन्डरवल्र्डसँग मिलेर नक्कली भारतीय रुपैयाँको तस्करी गरेको घटनामा २ वर्ष फरार रहेका सुनिल रायमाझीलाई हालै प्रहरीले निकै सम्मानका साथ अदालतमा उपस्थित गराएर साधारण धरौटीमा छुटाउन सफल भएको छ ।
दुर्य वर्षअघि नेपाल प्रंहरीको तत्कालीन विशेष ब्यूरोले १ करोड नक्कली भररुसहित नरु उल्लाहलाई पक्राउ गरेको थियो । उनले विशेषबाट नक्कली भारु ल्याई रातोपुरलस्थित एक घरमा पुर्याएका थिए । जुन घर नेपाल तेक्वान्दो कमिटीका कोषाध्यक्ष रवि सिंहले भाडामा लिएका थिए । अनुसन्धानको क्रममा सिंह नेपाली एजेन्ट भएर नक्कली भारु कारोबारमा सघाउँदै आएका थिए । सोही घरबाट नक्कली नोटको कारोबार चल्दै आएको थियो । सिंहमाथि अनुसन्धान गर्ने क्रममा शिखर मेनपालका अनुराज प्रकान र सुनिल रायमाझीको समेत संलग्नता पाइएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्