पक्राउ परेका मान्छे नै हराएपछि…
Advertise Here Book Now

तस्करी आरोपमा सुरक्षा निकायले नियन्त्रणमा लिएका व्यक्ति करिब तीन महिनादेखि बेपत्ता छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनको अवस्थाबारे अनुसन्धान थालेको छ।
सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बल कार्यालय तातोपानीको टोलीले राजकुमार तामाङलाई ११ चैतमा पक्राउ गरेको थियो। ग्यास सिलिन्डर तस्करी आरोपमा उनलाई पक्राउ गरिएको थियो। तर, सय दिन नाघ्दासमेत उनको अवस्था अज्ञात छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
राजकुमारको खोजी गरिदिन माग गर्दै उनकी श्रीमतीले प्रहरीमा निवेदन दिएपछि थालिएको अनुसन्धान अझै सकिएको छैन। गृह मन्त्रालयले नेपाल प्रहरीलाई छानविनको जिम्मा दिएको थियो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्