नेपालमै सबैभन्दा ठूलो लगानी गर्न चीनको प्रस्ताव
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ,चीनका दुई ठूला सिमेन्ट उद्योगले नेपालमा ४७ अर्ब रुपैयाँ प्रत्यक्ष बैदेशीक
लगानी (एफडिआई) को प्रस्ताब गरेका छन्। दुवै लगानी सिमेन्ट उद्योगमा हुन्।

लगानी बोर्डका अनुसार होङ्सी ग्रुपले ३३ अर्ब र वङ्सीले १४ अर्ब रुपैयाँ लगानीको प्रस्ताब गरेका हुन्। होङ्सी चीनकै १० औ ठूलो सिमेन्ट उद्योग हो।
बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तका अनुसार उक्त लगानी आगामी साता बस्ने बैठकले स्वीकृत गर्ने छ। ‘होङसीले दुई महिनाअघि प्रक्रिया अघि बढाएको थियो,’ उनले भने, ‘वङ्सीको प्रस्ताब भने भूकम्पपछि परेको हो ।’ भूकम्पपछि पनि ठूलो लगानी आकषिर्त हुनुले नेपाल सुरक्षित छ भन्ने सन्देश गएको बोर्डको दावी छ।
चीनियाँ लगानीकर्ताका तर्फबाट नेपालमा आउन लागेको उक्त रकम अहिलेसम्मकै सबैभन्दा ठूलो हो। विदेशीलाई लगानी खुला गरेपछि हालसम्म चीनबाट करिब ४० अर्ब रुपैयाँ मात्रै लगानीको प्रतिबद्धता आएको छ।