ऑनलाइन सिरहा डडटकम , आषाढ १७ । मनसुन सक्रिय भएसँगै देशभरका राजमार्गहरुमा पहिरोको जोखिन बढेपनि उपत्यका भित्रिने तथा उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्यामा कमी आएको छैन ।
बुधबार विहानदेखि बिहीबार बिहानसम्म विभिन्न सडक नाका हुँदै ७३ हजार ८ सय यात्रु उपत्यका भित्रिएका छन् भने ७० हजार ७ सय यात्रु उपत्यबाबाट बाहिरिएको ट्राफिककन्ट्रोल रुमको तथ्यांकले देखाएका छन् ।
उपत्यका बाहीरका केही सडक खण्ड बुधबार पनि पहिरोले अवरुद्ध छन् ।
दोलखाको भिमेश्वर साखिने र सिंगटी लामाबगर खडक खण्ड, सिन्धुपाल्चोकको मार्मीङ र धुस्कुन सडक खण्ड अझैसम्म खुलाउन सकिएको छैन ।
उता मकवानपुरको कुलेखानीस्थि वडा नं ९ मा पहिरोले सडक अवरुद्ध बनाँउदा त्यस क्षेत्रमा यातायात प्रभावित भएको छ ।