शशस्त्र प्रहरी हवल्दारले श्रीमतीलाई कुटपिट गरि ज्यान मार्ने प्रयास
Advertise Here Book Now

Desh-Bidesh's photo.
ऑनलाइन सिरहा डटकम २०७२ असार १६ बुधबार -- शशस्त्र प्रहरी हवल्दार शान्त ब. खत्री श्रीमती कुट पिट गरेको आरोपमा पक्राउ परेका छन। उग्रतारा गण कैलालीमा कार्यरत गुलरिया नगरपालिका ५ तुल्सीपुर घर भएका ३२ बर्षीय शशस्त्र प्रहरी हवल्दार शान्तबहादुर खत्रीले सोमबार आफ्नै २७ बर्षिया पवित्रा खत्रीमाथि कुटपिट गरेका हुन्।
पीडित स.प्र.ह. की श्रीमती पवित्राले आफूलाई ज्यानै मार्ने उद्देश्यले जंगलमा लगेर कुटपिट गरेको र आफ्नो गुहार सुनेर स्थानीयले आफूलाई बचाएको उनले बताएकी छन्।
पवित्राका अनुसार घरदेखि करिब ३ किलोमिटर सदरमुकाम गुलरिया नजिकै रहेको सन्तोषी सामुदायिक वन भित्र फकाई फुल्याई लगेर ज्यानै लिने मनसायले कुटपिट गरेको उनले बताइन्। तलाई नमारी छोडदिन भन्दै कुटपिट गरेकोसमेत पीडित पवित्राले बताईन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाले हवल्दार खत्रीलाई सोमवार नै पक्राउ गरेको छ भने शरीर र अनुहारमा गम्भीर चोट लागेकी पवित्राको जिल्ला अस्पताल बर्दियामा उपचार भईरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपककुमार बस्नेतका अनुसार कुटपीटमा संलग्न शशस्त्र प्रहरी हवल्दार शान्त बहादुर खत्रीलाई सोमवारै नियन्त्रणमा लिइएको र सोमबार पीडित पवित्राले जाहेरी दरखास्त दिन ढिला आएका कारण जाहेरी दर्ता हुन नसकेकोले बुधबार जाहेरी दरखास्त दर्ता गरी कानुन अनुसार कारवाही अगाडि बढाउने बताएका छन्।
महिला अधिकारकर्मी विमला विकका अनुसार घरदेखि जंगलमा लगी ज्यान मार्ने उद्देश्यले कुटपीट गरेको र महिलाको हारगुहार सुनी स्थानीयले पिडित महिलाको उद्धार गरेको बताईन्। उनी थप्छिन्, ‘कुटपिट गर्नेलाई कानुन अनुसार कडा कारवाही हुनुपर्‍यो।’

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्