प्रहरी जवानलाई विभागीय कारवाही र जनही रु.२५/ २५ हजार रुपैया क्षतिपूर्ति भराउन अदालतको आदेश .................
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम ,असाढ़ १६. शैलेन्द्र अम्बेडकर तराई मानव अधिकार रक्षक संजालको कानुनी सहयोगमा भीमदत्त नपा-२ महुलियाका २१ वर्षीय हिक्मत चौधरी र २० वर्षीय कालु चौधरीलाई वडा प्रहरी कार्यालयका प्रहरी जवान धिरेन्द्र पन्तले कुटपिट गरी आफुलाई यातना दियो भनी मिति २०७१/१/२१ गते यातना क्षतिपूर्ति एन २०५३ लाई टेकी वार्ड प्रहरी कार्यालय महेन्द्रनगर, कंचनपुरमा कार्यरत प्रहरी जवान धिरेन्द्र प्रसाद पन्त र प्रहरी निरीक्षक पुष्कर चन्द लाई प्रतिवादी बनाई जिल्ला अदालत कंचनपुर, महेन्द्रनगरमा यातना क्षतिपूर्ति र विभागीय कारवाहीको माग गरी मुद्दा दायर गरिएको थियो | मुद्दा निरन्तर पेशी भई सम्पूर्ण प्रकृया पुरा भई हिजो मिति २०७२/०२/१६ गते जिल्ला अदालत कंचनपुरको बेन्च न. १ मा पेशी भई माननीय श्रीमान श्री भोजराज अधिकारी ज्युको एक्ला इजलासबाट पीडक प्रहरी जवान धिरेन्द्र प्रसाद पन्तलाई दोषी ठहर गर्दै निजलाई विभागीय कारवाही र पिडित द्वय कालु प्रसाद चौधरी र हिकमत चौधरीलाई जनही २५/२५ हजार रुपैया क्षतिपूर्ति भराउन फैसला भएको छ .... पिडितलाई कानुनी सहयता तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) का मानव अधिकार वकिल/ अधिबक्ता श्री जग बहादुर चौधरीले दिनु भएको थियो ... मुद्दा दर्ता गराउनमा अथक सहयोग गर्ने मानव अधिकार अधिकृत महमुद आलम, अधिबक्ता श्री जग बहादुर चौधरीलेलाई बिशेष धन्यवाद र तराई मानव अधिकार रक्षक संजालका सम्पूर्ण कर्मचारी तथा कार्यालय प्रमुख एवं अध्यक्ष अधिबक्ता श्री दिपेन्द्र झालाई पनि हार्दिक धन्यवाद दिन चहान्छु साथै मुद्दामा सहयोग गर्ने समुर्णमा धन्यबाद अर्पण गर्दछु . तराई मानव अधिकार रक्षक संजाल यातना पिडितलाई कानुनी सहयता दिएको मध्ये यो पाँचौ मुद्दा जितिएको छ यो भन्दा पहिला ४ मुद्दा रुपन्देही अदालतबाट जितिएको छ ... 
..................
 शैलेन्द्र अम्बेडकर 
क्षेत्रीय मानव अधिकार संयोजक

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्