योगनारायणलाई पक्रन धनुषा प्रहरी असफल, खुद्रा–खाद्री पक्राउ पर्दै र छुट्दै
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन ३,झण्डै चार महिना अगाडि धनुषाको सबैलामा भएको गोली काण्डका मुख्य नाइके भनिएका एमाले नेता योगनारायण यादवलाई पक्राउ गर्न नसकेको धनुषा प्रहरी घटनाका सानातिना आरोपितहरुलाई पक्राउ गर्दैछ । प्रहरी स्रोतका अनुसार प्रहरीले उक्त गोली काण्डका एकजना आरोपित भगवान बाबु साहलाई विहिबार नै पक्राउ गरिएको छ ।
साहलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । उक्त घटनामा प्रहरीको खोजीको सूचीमा रहेको साहलाई प्रहरीले विशेष सुराकको आधारमा पक्राउ गरेको बताए पनि साहलाई सबैलास्थित आफ्नै चुरा पसलामा चुरा बेच्दै गरेको अवस्थामा सबैला बजारबाट नै पक्राउ गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिको चुनावको विषयलाई लिएर भएको विवादको क्रममा दुईजनाको मृत्यू भएको थियो ।
सो घटनामा पक्राउ परेका आरोपित साहको पनि प्रत्यक्ष संलग्नता रहेको स्थानीयहरुको भनाईछ । सो घटनामा गोली प्रहार गरि मारिएका रामप्रगास यादवलाई आरोपित साहले नै मध्य राति घरबाट बोलाएर लगेको स्थानीयहरुको भनाई छ । स्रोत भन्छन्–‘साहले नै मध्य राति घरबाट बोलाएर लगि गोली प्रहार गरि हत्या गर्न लगायो ।’
यस सम्बन्धमा प्रहरीले घटना अनुसनधानको क्रममा रहेकोले यसबारेमा केही बोल्न नमिल्ने प्रतिक्रिया दिएको छ । धनुषाका प्रहरी उपरीक्षक गणेश बहादुर थापाले हुलाकी न्यूजसँग भने, ‘यो घटना अनुसन्धानको क्रममा रहेको र अहिले केही बोलेको खण्डमा अनुसन्धान प्रभावित हुनसक्ने भएकोले केही बोल्न मिल्दैन ।’
चैत ९ गते धनुषाको सबैला नगरपालिकामा विद्यालय व्यवस्थापन समितिको चुनावको विषयमा एक पक्षले छलफल गरिरहदाँ एमाले वैकल्पिक पोलिटब्यूरो, केन्द्रिय सदस्य एवं पूर्वसासंद योगनारायण यादव पक्षले आक्रमण गर्दा एकजनाको मृत्यू भएको थियो भने एकजनाको गोली हानी हत्या गरिएको थियो ।
कहाँ छन् योगनारायण ?
नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य एवं सबैला गोली काण्ड घटनाका मुख्य आरोपी योगनारायण यादव हालसम्म फरार छन् । उनी प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका छन् ।
स्रोतका अनुसार नेता यादव अहिले एमाले नेताहरुकै संरक्षणमा काठमाडौँमा छन् । उनी गृहमन्त्री वामदेव गौतमको प्रत्यक्ष संरक्षणमा रहेको स्रोत भनाई छ । गृहमन्त्रालय एमालेको रहेको र नेता यादव गृहमन्त्रीकै लबीको रहेकोले उनलाई गृहमन्त्रीकै दरो संरक्षण रहेको बुझिएको छ ।
नेता यादव सबैलाका आफ्ना कार्यकर्ताहरुसँग निरन्तर फोन सम्पर्कमा रहेका छन् । उनी फोनबाटै पार्टी गतिविधि तथा घटना बारे कार्यकर्ताहरुलाई निर्देशन दिइरहेको एमाले कार्याकर्ताहरुले बताएका छन् । एमाले धनुषाले यादव पार्टीको सम्पर्कमा रहेको पत्रकार सम्मेलनमा सार्वजनिक रुपमै बताएको थियो ।
यादवको विषयलाई लिएर एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतमबीच मतभेदसमेत भएको एमालेकै नेताहरु बताउँछन् । हुलाकी न्यूजको काठमाडौं कार्यालयमा पुगेका केही एमालेका सभासद्हरुका अनुसार गृहमन्त्री गौतम कुनै पनि हालतमा नेता यादवलाई पक्राउ गर्न नदिने अडानमा छन् भने ओलीले यादवलाई प्रहरीको जिम्मालगाउने मनसायमा छन् ।
गृहमन्त्री गौतमकै दबाबमा यसअघि पक्राउ परेका एमाले जिल्ला सचिव लक्ष्मीनारायण यादव रिहा भएका थिए । उनी पक्राउ परेपनि अदालतले धरौटीमा रिहा गरेको थियो ।
