भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्की
Advertise Here Book Now

narendra-modi-staringऑनलाइन सिरहा डटकम असाढ़ २०,हालै भारतीय मिडियाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यानको खतरा भएको खुलासा गरेका छन । दिल्ली पुलिसको खुफिया दस्तावेजका अनुसार, प्रधानमन्त्री मोदीलाई पहिलो पटक कट्टर दक्षिणपन्थी संगठनबाट ज्यानको खतरा भएको जनाइएको छ।
खुफिया एजेन्सीले अलर्ट जारी गर्दै दस्ताबेजमा मोदीलाई मुस्लिमहरुलाई आफुतिर आकर्षित गरेकोले दक्षिणपन्थी संगठन रिसाएको बताइएको छ । उक्त धम्कीलाई मध्यनजर गर्दै दिल्ली पुलिसले योग दिवसको अवसरमा मोदीको लागि विशेष सुरक्षाको व्यवस्था गरेको थियो ।
उच्च पदस्थ व्यक्तिलाई यस्तो धम्कि आउनु सामान्य भएपनि पहिलो पटक कट्टर दक्षिणपन्थी संगठनबाट यस्तो अभिव्यक्ति आउनुलाई विशेष रुपमा हेरिएको छ ।
मोदीलाई अहिलेसम्म ४० आतंकवादी संगठनबाट धम्की आएको बताइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्