मिर्चैयामा गोली चलियो, दूई दर्जनबढी घाईते ( बिस्तृत )
Advertise Here Book Now

लहान ७ भाद्र ।  मधेशी , थारु, मुस्लिम, दलितलगायतको जारी शान्तिपूर्ण प्रदर्शनमा सिरहाको मिर्चैयामा प्रहरीले गोली चलाइएको छ । सोमबार विहान ३ बजेर ३० मिनेटतीर सिरहाको मिर्चैयामा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा गोली चलेको छ । प्रहरीद्धारा दर्जनौं राउण्ड आश्रुँ ग्यास प्रहार गरेको छ भन दुई राउण्ड गोली समेत चलाइएको कारण दूईदर्जन बढी घाईते भएका छन् ।
प्रहरीको गोली लागी संघीय समाजवादी फोरम नेपालका नेता विष्णु साह घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको हो ।

प्रहरीले विहान स्काटिगं गरेर सवारी साधान पास गराउँदा प्रर्दशनकारीहरु सडकबाट उठन नमाने पछि गोली चलाइएको हो । मिर्चैयाको कटारी चौकमा प्रर्दशनकारीमाथि प्रहरीले गोली र आश्रुग्याँस प्रहार गर्न थाले पछि अवस्था तनाव ग्रस्त बनेको छ ।
स्थानीय अंजयकुमार साहका अनुसार गाडी स्काटिंग गरिसकेपछि पनि प्रहरीले गोली चलाएको बताइएको छ । स्काटिंगमा प्रहरीले करिब ढेड दर्जन सवारी साधान निकालिएको छ । उता, प्रहरीले वार्ताको लागि बोलाए पनि आन्दोलनकारीले भने ‘गोली हाने प्रहरीसंग किन वार्ता गर्ने ’ गोली हानिसकियो भने अझै गोली खान तयार रहेको बताउंछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्