सबै मधेसी सभासद्लाई राजीनामा दिन राजेन्द्रको आग्रह
Advertise Here Book Now

किरण कर्ण
जनकपुरधाम, भदौ ९ । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधानसभाको औचित्य नभएको भन्दै उनले सो संविधानसभा सत्ता र भत्तामा मात्र सीमित रहेको बताए ।
बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले सो कुरा बताएका हुन ।
उनले संविधानसभामा बस्नुको औचित्य नभएकाले र सो सभामा विरोधको गर्नु भन्दा विद्रोहको आवश्यकता रहेको बताए ।
उनले कैलालीमा भएको घटनातर्फ इंगित गर्दै भने नेपाली सेनाले समेत विभेदपूर्ण रुपमा काम गरेको पाइएको धारणा राखे । उनले कैलालीमा राज्यको सम्पूर्ण सुरक्षा निकायको उपस्थितिमा अत्यन्त कडा पारी कफ्र्यू लागेको बेलामा जनताको घरमा आगो लाग्नु, जर्वजस्तीरुपमा घरघरमा घुसी चेलीबेटीमाथि हातपात तथा दूव्र्यव्यहार भएको भन्दै उनले सेनाले मधेशी र थारुहरुले आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गरिरहेको बेलामा विभेदपूर्ण तरिकाले भेदभाव र पूर्वाग्रही ढंगले जाइलाग्नु गलत भएको समेत बताए ।
उनले कैलालीसहित मधेश क्षेत्रमा राज्यले बडो षड्यन्त्रपूर्वक जनतामाथि विभेदपूर्ण तरिकाले दमन गरेको स्पष्ट पारे ।
उनले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्ने बताएका छन् । अध्यक्ष महतोले टीकापुरमा भएको घटना दुर्भाग्यपूर्ण भएको र राज्यले नै षड्यन्त्रपूर्ण घटाएको समेत आरोप लगाए ।
सरकारले बारम्बार वार्तामा बस्न आग्रह गरे पनि वार्तामा बस्नुको औचित्य नभएको अध्यक्ष महतोले बताए ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग ०६४ सालमा भएको सम्झौता लागू गर्नुपर्ने र सोही सम्झौताअनुसार संविधान बन्नुपर्ने भन्दै अध्यक्ष महतोले भने सो सम्झौता पूरा भएन भने अब वार्तामा बस्नु पर्ने आवश्यकता नरहेको स्पष्ट पारे । एक प्रश्नको जवाब दिदैँ उनले मोर्चाको सबै घटक संविधानसभाबाट राजीनामा दिएर आन्दोलनमा आउनुपर्ने आवश्यकता रहेको समेत औल्याए ।
अध्यक्ष महतोले टीकापुरको घटनामा दक्षिणको हात रहेको भन्नु भारतसंगको सम्बन्ध विगार्नु रहेको भन्दै उनले गृहमन्त्री वामदेव गौतमको षड्यन्त्रको कारणले सो घटना भएकाले उनलाई तुरुन्त अपदस्थ गर्न समेत माँग गरे ।
अनिश्चितकालीन हड्तालबाट जनताको जिवन कष्टकर भएको बताउदैँ उनले भने यो अधिकार प्राप्तिको लडाई हो । यो लडाई समानता र सबै खाले विभेद तथा सबैको अधिकार सुनिश्चितता हुने भएकाले क्षणिक समस्याहरु सहन गरेर भए पनि आन्दोलनलाई निरन्तरता दिनु नै अहिलेको लागि बाध्यता भएको हो । उनले जबसम्म आन्दोलन निर्णायक विन्दुमा पुग्दैन, तबसम्म आफु काठमाण्डाँै नजाने समेत घोषणा गरे ।
उनले अढाई सय वर्षदेखि यो मुलुकमा शासन गर्दै आएका शासकहरुको लागि मात्रै यो संविधानसभाबाट संविधान बनाउनका लागेकाले आफूहरु बाध्य भएर आन्दोलनमा होमिनु परेका बताए ।
त्यस्तै सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले अनसनकारी ईन्द्रकुमार झा मधेशानन्दलाई भेटेर सबै मधेशी सभासदहरुलाई बुद्धि पलाओस् र छिट्टै संविधानसभाबाट राजिनामा देओस भन्ने चाहना रहेको छ बताए । राष्ट्रिय अध्यक्ष महतोले अब संविधानसभाको औचित्य समाप्त भएकाले यो अब सत्ता र भत्तामा मात्रै सीमित रहेकाले यसमा बस्नुको अर्थ नरहेको समेत बताए । उनले सभामा विरोध या बहिष्कार भन्दा पनि विद्रोहको आवश्यकता रहेको बताए ।
त्यस्तै मधेश अधिकार संघर्ष समितिका सल्लाहकार झालाई उनले आश्वस्त पार्दै अहिले आन्दोलनको आवश्यकता छ, मधेशको अधिकार र विगतमा भएको आन्दोलनको उपलब्धि र अन्तरिम संविधानलाई समेटेर संविधान निर्माण जरुरी छ ।
मासले गत मंगलबारदेखि मधेशी सभासदहरुको राजिनामा तथा मधेश र मधेशीको अधिकारको सुनिश्चितता सहित दुई सुत्रिय माग राखि आमरण अनसनमा छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्