तराई मधेस बन्दको क्रममा १२ दिन पनि सिरहाको जनजीवन प्रभावित , पेट्रोलियम पदार्थ र रिचार्ज कार्डमा ब्यापक कालोबजारी
Advertise Here Book Now
फिरोज शेख ,लहान, भाद्र ९ गते बुधबार -मस्यौदाको बिरोध तथा सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त मधेसी मोर्चा , थारु कल्याणकारणी सभा जिल्ला कार्य समिति सिरहा, संयुक्त मुस्लिम संघर्ष समिति , मुस्लिम मुक्ति मोर्चा,मुस्लिम इतिहाद संगठन, मुस्लिम नागरिक समाज , दलित ,आदिवासी , मारवाडीले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालको बुधबार १२ हौ दिन पनि सिरहा सहित मधेशको जनजीवन प्रभावित बनेको छ । सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले आह्वान गरेको तराई मधेस बन्दको क्रममा बुधबार पनि सिरहामा बन्दको प्रभाव परेको छ ।मोर्चाका कार्यकर्ताले सिरहाको लहान बाट चल्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न दिएका छैनन्। साथै, जिल्लामा रहेका कलकारखाना, उद्योग, बजार, पसल, शिक्षण संस्थासमेत बन्द रहेको छ भने यस आन्दोलनलाइ लहान उधोगवाणिज संघ र लहानका वय्वासाई व्यापारीहरुले पनि समर्थन गरेका छन् । यसैगरी, लामो समयदेखिको बन्दले सिरहा जिल्लाको जनजीवन प्रभावित हुनुका साथै जिल्लामा सवारीसाधन नचल्दा यहाँका जनतालाई कहीँ आउनजानमा समस्या भएको छ । कैलाली को टिकापुरमा भएको घटना पछि नेपाल सरकारले टिकापुर् संगै अन्य जिल्लाहरुमा सेना परिचालन गरेपछि सिरहा जिल्लामा बन्दको प्रभाव अझै बढेको छ।यसै क्रममा अनिश्चितकालीन आमहड्तालको बार्हौ दिन आज संयुक्त मधेसी मोर्चा , थारु कल्याणकारणी सभा जिल्ला कार्य समिति सिरहा, संयुक्त मुस्लिम संघर्ष समिति , मुस्लिम मुक्ति मोर्चा,मुस्लिम इतिहाद संगठन, मुस्लिम नागरिक समाज ,दलित र पिछला वर्गले संयुक्त रुपमा हत्यारा गृह मन्त्रि लाई फाँसी दे , सेना परिचालन गर्न पाउदैन , धर्म निक्षपेक्ता कायम राख , पहिचान सहितको संविधान कायम गर , प्रहरी दमन बन्द गर , बिगतमा भएको सम्झौता कार्यवयन गर ,हाम्रो शान्ति पूर्ण आन्दोलन जारि रहनछ ,थारु ,मधेशी ,मुस्लिम ,दलित ,जनजाति,पिछाला वर्ग ,मारवाडी ,व्यपारी एकता जिन्दावाद लगायतका नारा लगाउदै लहानको आन्दोलन चौक बाट निस्केको जुलुस लहानको पुरानो बजारको परिक्रमा गर्दे लहान १० ग्रामिण चौक पुगी कोण सभामा परिणत भएको थियो ।
यसैबिच लगातार बन्दका कारण बजारमा पेट्रोलियम पदार्थ र रिचार्ज कार्डको कृत्रिम अभावसँगै ब्यापक कालोबजारी बढेको छ । एक सय दश रुपैयाँ प्रति लिटर पाउँने पेट्रोल प्रति लिटर १ सय ५० देखि २ सय सम्ममा स्थानीय ब्यापारीहरुले पानीको डब्बामा हाली खुल्लेआम दोब्बर मुल्य लिएर पेट्रोलियम पदार्थ बिक्रि वितरण गरिरहेका छन् । त्यस्तै लगातार बन्दका कारण रिचार्ज कार्डको पानि चरम अभाब भएको छ , ५० रुपैया पर्ने कार्डको ७० रुपैया र १०० रुपैया पर्ने कार्ड १२५ देखि १३५ सम्ममा खुलेआम बिक्रिभैरहेको छ । बजारमा यसरि पेट्रोल र रिचार्ज कार्डको खुल्लेआम कालोबजारी भईरहदा पनि स्थानीय प्रहरी प्रशासन तथा सम्बन्धित निकाय मौन रहेको आरोप स्थानीयहरुले लगाएका छन ।

