एफएम र थारु नेताहरुको घर जले, कहाँ छन् नेपाली सेना ?
Advertise Here Book Now

धनगढी ८ भदौ । मंगलबार कर्फयु जारी भएको समयमै कैलालीमा सभासद् जनक चौधरी तथा थारु आन्दोलनका अगुवा नेता रेशम चौधरीको घरमा आगजनी भएको छ । कैललीको धनसिंहपुर र बनगाउँसहित केही गाउँहरुको थारु बस्तीमा आगजनी गरिएको छ ।
House Burn
स्थानीय पत्रकार लखन चौधरीका अनुसार कर्फयुको अवग्या गर्दै निस्केको एक समूहले थारुहरुको घरमा आगजनी गर्नुका साथै विभिन्न गाउँहरुमा पनि थारुहरुको बस्ती जलाउनका साथै कुटपिट गरिएका छन् ।
नेता रेशम चौधरीले सञ्चालन गरेको फुलवारी एफएम तथा फुलबारी रिसोर्टलगायत उनको सञ्चालनमा रहेको केही पसलहरुमा समेत आगजनी गरिएको छ ।
पत्रकार चौधरीका अनुसार कैलालीमा नेपाली सेना परिचालन भएपनि यस्तो घटना बढ्दै जानुले थारुहरु झनै त्रसित बनेका छन् । प्रहरीहरु उलेख्यरुपमा परिचालन भएपनि उग्ररुपमा थारुहरुको घरमाथि आक्रमण गर्नेहरुलाई नियन्त्रणमा लिन सकेको छैन ।
नेपाली सेना परिचालन भईसकेको स्थानमा यस्तो घटना बढ्दै जानु दुखद भएको पत्रकार चौधरीले बताए ।
यता चौधरीले आज जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी आइतबारको घटना बारे जानाकरी गराएको बताए । उनले प्रहरी मारिएको जानकारी मात्र दिइए तर प्रदर्शनकारी मारिएको जानकारी अहिलेसम्म प्रहरीले पुष्टि नगरेको बताए ।
फाईल तस्बिर                                                                             स्रोत;हुलाकी न्यूज

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्