गौरमा प्रहरीको गोली लागि एकको मृत्यु, प्रहरीद्वारा मानवअधिकारको ठाडो उल्लंघन
Advertise Here Book Now

nepal-police
फाइल फोटो
काठमाडौं, ८ भदौ । रौतहट जिल्ला सदरमुकाम गौरमा मंगलबार दिउँसो प्रहरीले चलाएको गोली लागि एक १८ वर्षीय युवकको मृत्यु भएको छ । १८ वर्षीय राजकिशोर ठाकुरलाई पिठ्युँमा गोली लागेको र उनको मृगौला छेड्दै पेटबाट निस्केको जिल्ला अस्पताल गौरका चिकित्सकहरुले बताएका छन् ।
गौरस्थित गुप्ता पेट्रोल पम्प अगाडि मंगलबार दिउँसो प्रहरी र प्रदर्शनकारीबिच दोहोरो झडप भइरहँदा प्रहरीले एक्कासी गोली चलाएको थियो । बाटोको छेउबाट हिँड्दै गरेका ठाकुर गोली चलेपछि भाग्न खोज्दा पछाडिबाट पिठ्युँमा गोली लागेको हो ।
स्थानीय पत्रकार प्रविण तिवडेवालका अनुसार गोली लागि लडेका युवक ठाकुरलाई प्रहरीले अस्पताल पुर्याउनु साटो घेरेर पिटेका थिए । करिब २० जनाको संख्यामा रहेका प्रहरीले गोली लागेर भुईँमा लडेका उनलाई बुटै बुटले हिर्काएका थिए ।
स्थानीय सञ्चारकर्मीहरुसम्म यो कुरा पुगेपछि उनीहरुले रेडक्रसलाई खबर गरेका थिए । त्यसपछि रेडक्रसको टोलीले युवकको उद्धार गरी जिल्ला अस्पताल गौर ल्याएको थियो ।
अस्पतालका चिकित्सक प्रविण झाले ठाकुरको बाँच्ने सम्भावना १ प्रतिशत पनि नरहेको भन्दै उनलाई वीरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पताल पठाएका थिए । तर, युवकले एम्बुलेन्समै दम तोडेपछि बिच बाटोबाटै एम्बुलेन्स फिर्ता आएको छ ।
यता, पत्रकार टिवडेवालका अनुसार गौरको अवस्था बिहानदेखि सामान्य रहेपनि युवकको मृत्युपछि तनावग्रस्त हुने निश्चित छ ।
मृतक ठाकुर प्रदर्शनकारी नरहेको बताइएको छ । उनी कहाँको वासिन्दा भन्ने खुल्न नसकेपनि महुलिया गाउँको भएको प्रारम्भिक समाचार प्राप्त भएको छ । स्रोत -हुलाकी न्यूज

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्