‘मधेशको माग सम्बोधन गर’
Advertise Here Book Now
मधेशमा जारी आन्दोलन प्रति एक्यवद्धता जनाउदै जनकपुर वारले विरोध जुलुस निकाल्दै मधेशको माग तत्काल सम्बोधन गर्न माग गरेको छ । गएको तीन साता देखि मधेशमा जारी आन्दोलन प्रति मधेशका जिल्लाहरुमा विभिन्न पक्षहरु वाट एक्यवद्धता जनाउने क्रम दिन प्रति दिन वढदै गएको छ । आज मात्रै सप्तरीमा विभिन्न पेशागत संगठनहरुले समेत जारी आन्द्योलन प्रति एक्यवद्धता जनाउदै विरोध जुलुसहरु निकालेका छन । यस अघि नै विरगंजका प्राध्यापकहरु सहित विभिन्न पेशागत समुहहरुले जारी आन्द्योलन प्रति एक्यवद्धता जनाइसकेका छन । नयां संविद्यानको जारी प्रक्रिया प्रति तीव्र असन्तुष्टि जनाउदै सुरु भएको मधेशमा आन्द्योलन दिन प्रति दिन सशक्क्त तथा हिसांत्मक समेत बन्दै गएको छ । प्रहरी प्रशासन ले अनावश्यक हस्तेक्षेप गर्न थालेपछि आन्द्योलनको क्रममा थप झडपहरु विभिन्न जिल्लाहरुमा भईरहेको देखिन्छ । स्थिती भयावह हुन थाले पछि मधेशका विभिन्न पक्षहरुवाट मधेशको मुद्धाहरुलाई तत्काल सम्बोधन गर्न मागहरु हुन थालेका छन । सरकारले थालेको वार्ता प्रक्रिया पनि पहिलो चरणमा असफल देखिए पछि वातावरण थप अन्योलग्रस्त बन्दै गईरहेको देखिन्छ । सतारुढ चार दलको तर्फवाट प्रधानमन्त्रील्े वार्ताको लागी पठाएको पहिलो पत्र पश्चात मधेशी मोर्चाले सताधारीहरुलाई जारी संविद्याँन निर्माणको प्रक्रिया तत्काल रोक्ने सहित चार बुदे सर्त अघि सारेको थियो । तर हिजो चार दलको बैठकलाई उक्त सबै कुरालाई अस्किावकार गर्दै पुन वार्ताको पत्र पठाएको छ । जसलाई मधेशी मोर्चाको नेताहरुले नाटकको संज्ञा दिएका छन । मोर्चाका शिर्ष नेताहरु आन्द्योलनमा सहभागी हुन मधेशका जिल्लाहरुको दौडाहामा छन । विरगंजमा रहेका सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन, जारी आन्द्योलन संविद्याँनकै विषय संग सम्बन्धीत भएकाले प्रक्रिया नरोके हामी वार्ताको नाममा त्याहा डम्फु बजाउने जाने छैनौ ।
![]() |
| मधेशमा जारी आन्द्योलन प्रति एक्यवद्धता जनादै जनकपुर वारले निकालेको जुलुस |
विरगंजमा क्र्फयूको विच प्रर्दशन जारी
![]() |
| आज प्रर्दशनको क्रममा विरगंजमा देखिएको दृश्य |
पछिल्लो केहि दिन यता प्रहरीले निषेधीत क्षेत्र घोषणा गरेर मालवाहक गाडीहरु काठमाडौ पठाउन खोज्दा विरगंजमा प्रर्दशनहरु उग्र हुन थालेका छन । सुरुमा प्रहरीले राती राती पठाउन खोज्दा प्रर्दशनकारी हरुले रातीको समयमै त्यसको प्रतिरोधमा उत्रिएका थिए । आज विहान देखि फेरी विरगंजमा प्रर्दशनकारीहरु र प्रहरी विच झडपहरु हुन थाले पछि स्थिती तनावग्रस्त भएको छ । प्रहरीले विरगंजमा आज मात्रै झण्डै २०० राउण्ड अशुग्यास र १०० राउण्ड गोली चलाएको स्थानिय मधेशी नेताहरुले आरोप लगाएका छन । प्रहरीको गोली वाट झण्डै दुर्इै दर्जन गम्भिर धाईतेहरु भएको छ । प्रर्दशनकारी तर्फ कतिपय एक जनाको शरीरमै दर्जनौ गोली लागेको फोटोहरु समाजिक सन्जालहरुमा पोष्ट गरिएको छ । स्थानियहरुका अनुसार प्रहरीको गोलीवाट स्थानिय धाईते भए पछि विरगंजमा थप उग्र प्रर्दशनहरु हुन थालेका छन । प्रर्दशनकारीहरुले वाटोहरुलाई पुर्ण रुपमा अवरोध गरेका छन । प्रशासनले दिउसो ४ बजे वाट क्फूर्य जारी गरेको घोषणा गरे पनि प्रर्दशनकारीहरुले त्यसलाईै तोडदै विरगंजको मुख्य चौकहरुमा नारावाजी सहित प्रर्दशन गर्दै छन ।
यसैगरी दिउसो प्रहरीको गोली वाट आक्रोशित आन्दाmेनकारीहरुको भिडले विरगंजको प्रहरी कार्यलय र एमाले पार्टी कार्यलयमा आगजनी गरेका छन ।
यता रौतहटमा आन्द्योलनकारीहरुले जिल्ला विकास समितीको कार्यलयमा आगजनी गरेका छन । महोतरी सदरमुकाम जलेश्वरमा आन्द्योलनकारीहरुले एमालेको पार्टी कार्यलयमा आगजनी गरेका छन । जनकपुरमा भुमिसुधार कार्यलयमा आगजनी भएको छ । वाराको समेत झड पति तनाव उत्पन्न भए पछि प्रर्दशनकारीहरुले एमालेको पार्टी कार्यलयमा आगजनी गरेका छन । यसरी पछिल्लो समयमा मधेशका जिल्लहरुमा हुदै आएको प्रर्दशनहरु थप उग्र बन्दै गएको देखिन्छ । -स्रोत;दलन नेपाल



