चितवनमा बाघको आक्रमणबाट जानकी चौधरीको मृत्यु
Advertise Here Book Now

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी आज दिउँसो एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं १७ बद्रेनीकी २५ वर्षीया जानकी चौधरी रहेकी छन्। हात्ती प्रजनन् केन्द्र खोरसोरभन्दा करिब डेढ सय मिटरभित्र जङ्गलमा घाँस काट्न गएका बेला उनलाई बाघले आक्रमण गरेको हो।
बाघ आक्रमणले गम्भीर बनेकी उनको घटनास्थलमै मृत्यु भएको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरका अनुसार यस आवमा बाघको आक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो। गत आवमा निकुञ्जभित्र बाघले चार जनाको ज्यान लिएको थियो।                          -  रासस

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्