तराईमा हर्षोल्लासका साथ रक्षाबन्धन मनाइदैँ
Advertise Here Book Now
शम्भु यादव लहान ।
तराई क्षेत्रमा दाजु–भाई दिदी–बहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रुपमा रहेको रक्षाबन्धन पर्व आज बिहानैदेखि धार्मिक विधिअनुरुप हर्षोल्लासका साथ मनाइदैछ ।
तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाईको आपसी मायाको चाडका रुपमा पनि लिइन्छ ।
दिदी बहिनीले आफ्ना दाजु भाईको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।
दिर्घायु, सुख, समृद्धिको कामना गर्दै यस समाजका दिदीबहिनीले आफ्ना दाजुभाइको पुजा गरी मनाउने चाड हो , रक्षाबन्धन ।
धर्म, संस्कृति र चाडवाडका दृष्टिले समृद्ध हिन्दुहरुले मनाइने यस पर्वले दाजु–भाई दिदी–बहिनीबीचको पवित्र, स्नेही, आत्मीय र निःस्वार्थ सम्बन्धलाई उजागर गरेको छ ।
आजका दिन घरघरमा दिदी–बहिनीले हर्षोल्लासका साथ आफ्ना दाजुभाइका लागि मीठो मीठो खानेकुराको परिकार बनाएर घरको आँगनमा पिठारको (चामलको पिठो) अर्पणा बनाई त्यसमाथि सिन्दुर र अबिरले सजाएर राखिएको ठाउँमा काठको पिर्कामाथि दाजु–भाईलाई बसाएर हातमा कलात्मक राखी बाँध्ने र निधारमा टिका लगाई पुजा गर्ने गर्दछन् ।
पुजा सम्पन्न भएपछि दाजुभाईले आफ्नो हैसियतअनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लताकपडा, तथा रुपैयाँ दक्षिणास्वरुप दिने प्रचलन छ । त्यसपछि दिदी–बहिनीले पकाएको मिठो परिकार दाजु–भाइले ग्रहण गर्छन । दाजु–भाइलाई खुवाएपछि मात्र दिदीबहिनीले भोजन ग्रहन गर्छन ।
आजका दिन दाजुभाई दिदीबाहिनीको लागि विशेष उत्सवको दिन पनि हो । घरबाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाईबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न रक्षाबन्धन पर्वले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।
राखीको व्यापारीलाई भ्याई–नभ्याई:
सदरमुकाम सिरहा बजारका मिथिलेश ठाकुर आज विहानै देखी राखी बेच्नमा व्यस्त छन् । उनलाई आफ्नै छोरा, छोरी र श्रीमतिले राखी बेच्नमा सघाइरहेको बताए ।
उनले, मात्र होइन, सिरहा, लहान, गोलबाजर, मिर्चैया लगायतका थुप्रै व्यापारीले अहिले रक्षाबन्धनको लागि विभिन्न आकार प्रकार र रङगका राखी एवं आवश्यक अन्य सामग्री बेच्नेमा व्यस्त छन् ।
तिन-चार दिन पहिले देखी नै दैनिक रुपमा ३-४ हजार रुपैयाँको हराहरीमा राखी बेच्ने गरेको भने । रक्षाबन्धनमा दिदी–बहिनीले दाजु–भाइलाई टिका लगाएर राखी बाँध्ने प्रचलन रहेको छ ।
तिन-चार दिन पहिले देखी नै दैनिक रुपमा ३-४ हजार रुपैयाँको हराहरीमा राखी बेच्ने गरेको भने । रक्षाबन्धनमा दिदी–बहिनीले दाजु–भाइलाई टिका लगाएर राखी बाँध्ने प्रचलन रहेको छ ।
जिल्लाको लहान, गोलबजार, मिर्चैया र सिरहामा कतिपय खुद्रा व्यवसायीले सडकको पेटीमा राखेर पनि राखी बेच्ने गरेको पाइन्छ । ती पसलहरुमा बिहानदेखि ग्राहकको भिड लागेको छ ।
एक सातादेखि नै जनै र डोरोको राम्रो व्यापार भएपनि राखीको बिक्री भने विगत दुई दिन देखी अत्यधिक हुने गरेको छ ।
पसलमा १० रुपैयाँदेखि १५० रुपैयाँ सम्मको विभिन्न रङगको राखी राखिएको छ, ग्राहकले आ–आफ्नो क्षमताअनुसार खरिद गरेर पनि सबैभन्दा बढी २० रुपैयाँ देखी ५० रुपैयाँ सम्मको राखी बिक्री हुने गरेको छ ।
रक्षाबन्धनका बेला सिरहाका बजारमा मात्र लाखौँ रुपैयाँको राखीको कारोबार हुने गरेको व्यवसायीको दाबी छ । यसको यथार्थ तथ्याङ्क नभएपनि यस वर्ष सिरहा जिल्लामा मात्र करोडकोभन्दा बढीको राखीको कारोबार हुने अनुमान व्यवसायीहरुको छ ।


