समाचार जेसले सिरहाको शिर झुकाई दियो :-प्रेम विवाहको आक्रोशले गर्भवति बहिनीमाथि खुकुरी प्रहार
Advertise Here Book Now

सिरहाको लहान-२०
आज रक्क्षा बन्धन तर सिरहामा  दुख लाग्दो बर्बरता भएको छ ।  सिरहाको लहान नगरपालिकाकै हो यो घटना जसले रक्क्षा बन्धन जस्तो पबित्र पर्ब लाई चुनौती दिएको छ। 
 गोरछारीकी २१ वर्षीया रेणुकुमारी महतो मङ्लवार विहानै घरको पछाडिपट्टिको शौचालयमा पुगिन्। शौचालयको गेटको चुकुल खोल्नेक्रममा उनी एक्कासी आत्तिए। दाजु उमेश महतोको हातमा खुकुरी थियो। अनुहारमा रिस। रेणुलाई शौचालयकै गेटमा उमेशले निर्ममतापूर्वक काट्न थाले। उनी चिच्याइन्। तुरुन्तै सुनिदिने कोही भएन्। 
रेणु चिच्याएको त उनका श्रीमान् मनोजकुमार महतोले सुनेका थिए। तर, कुकुर कराएको जस्तो लागेर उनी गम्भीर भए। यता, दाजु उमेशले बहिनी रेणुको शरीरका कुनै अंग बाँकी राखेनन् खुकुरीले काट्नबाट। रेणु गर्भवती थिइन्। उनको गर्भमा यसै साता जन्मिने बच्चा थियो। दाजु यति निर्दयी भए, उनले बहिनीको शरीरको सय ठाउँभन्दा बढी ठाउँमा काटिदिए। टाउँको, घाँटी, ढाड, हात, तीघ्रा कुनै स्थान काट्नबाट बाँकी राखेनन्। हातको औँला चिराचिरा पारिदिए। रेणुको शरीरको एक-एक सेन्टिमिटरको फरकमा टाउँकोदेखि तीघ्रासम्मको भाग काटिदिएको छ।
बहिनी रेणु कराइरहिन्, दाजु उमेशले खुकुरी चलाइरहे। लगातार कराइरहेको आवाज सुनेपछि मनोजको मनमा शंका पस्यो। कराइरहेको आवाज आफ्नै श्रीमती रेणुको जस्तो लाग्यो। कुकुरले उनलाई झम्टियो किजस्तो लागेर शौचालयतिर आए। उनी छक्क परे। रेणुलाई आफ्नै दाजुले काटिरहेको देखेपछि उनी छाँगाबाट खसेझैँ भए। ‘ए..ए. के गरेको, छोड-छोड’ भन्दै उनी दगु्रदै उमेशलाई समाउन खोजे। उमेशले मनोजलाई पेस्तोल तेर्साए। ‘त्यही बस, नत्र हानदिन्छु’ भन्दै उमेश त्यहाँबाट फरार भए। यता, रेणुको शरिर रक्ताम्य भइसकेको थियो। श्रीमतीको हालत देखेर मनोज आफैँ अक न बक भए। फेरी आफूलाई सम्हाले। र, गुहार मागे। छिमेकीहरु जम्मा भएपछि रेणुलाई उपचारका लागि विराटनगर ल्याइयो। रेणुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
उमेश र मनोजको घर लहानमा आमने-सामने छ। दुबैको घरको बीचबाट बाटो गएको छ। रेणु र मनोजबीच देखादेख बढ्यो। एकले अर्कोलाई मन पराउन थाले। तर, रेणु र मनोजको ‘सम्बन्ध’लाई दाजु उमेशले रुचाएका थिएनन्। रेणुका परिवारका अरु सदस्यले पनि उनीहरुको ‘प्रेम’लाई स्वीकारेनन्। तर, यी दुबै प्रेममा यतिबिध्न ‘पागल’ भइसकेका थिए कि कसैको परवाह गरेनन्। ०७१ मंसिर ११ गते दुबै अदालतमा गएर प्रेम विवाह गरे। रेणु र मनोजसँगै बस्न थाले। परिवारको मञ्जुरी वेगर विवाह गरेकाले दुबै परिवारबीच बोलचाल नै बन्द भयो।
रेणु र मनोजको वैवाहिक जीवनसित उमेश खुसी थिएनन्। उनीको आक्रोश ज्वाइँ मनोजभन्दा पनि बहिनी रेणुप्रति बढी थियो। उनीहरुको सम्बन्धले ‘कूल-खानदानकै नाक नै काटिदिएको’ जस्तो इगो उमेशमा थियो। उनी मौका पर्खेर बसे। मङ्लबार बिहान उनले भएभरका सबै आक्रोब बहिनीको शरीरमाथि पोखे। दाजुको आक्रमणले रेणुको गर्भमा रहेको बच्चाको मृत्यु भएको छ। रेणु आफैँ जीवनमरणको दोसाँधमा पुगेकी छन्।
रेणुको शरीरको पत्रपत्र काटिएको देखेर डाक्टर पनि अच्चममा परे। ‘धारिलो हतियारले रेणुको शरिरको सय ठाउँभन्दा बढी स्थानमा काटिएको थियो,’ गोल्डेन अस्पतालका डाक्टर यज्ञाराज खरेलले भने, ‘यस्तो केस मैले देखेकै थिइन्।’ उनका अनुसार रेणुको शरिरका हरेक खत दुईदेखि आठ सेन्टीमिटर गहिरो छ। घाँटीको हड्डीसम्मै खत छ। ‘रेणुको श्वासप्रश्वास ज्यादै कम थियो,’ रेणुको उपचारमा संलग्न अर्का सर्जन सरोज राजवंशीले भने, ‘बचाउनै गाह्रोजस्तो थियो, हामीले ६ घण्टा लामो शल्यक्रियापछि उनलाई जोगाउन सफल भए।’ रेणुको आइसियूमा सघन उपचार जारी छ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी उमाप्रसाद चर्तुवेदीले घटनामा संलग्न उमेशको खोजीकार्य भइरहेको बताए। ‘फरार छ, ढिलो–चाँडो पक्राउ पर्छ,’ डिएसपी चर्तुवेदीले भने, ‘घटनाबारे प्रहरीलाई ढिलो जानकारी आएकाले तत्कालै प्रहरी परिचालन गर्न सकिएन्।’ उमेशको खोजीको लागि लहान प्रहरीले छुट्टै टिम समेत परिचालन गरेको उनले जानकारी दिए।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्