युवा प्रतिभा सम्मान धनुषाका युवा वैज्ञानिक झालाई
Advertise Here Book Now

१७ साउन, काठमाडौं । सरकारले युवा प्रतिभा सम्मान धनुषाका राजिव कुमार झालाई प्रदान गर्ने भएको छ । ३६ वर्षीय झा युवा बैज्ञानिक हुन् ।
Rajib-Jha
राजिव कुमार झा
युवा तथा खेलकुद मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७१/७२ को युवा प्रतिभा सम्मानका लागि २ संस्था र ७ व्यक्तिहरुको नामावली सार्बजनिक गरेको छ ।
सम्मानित हुने संस्थाहरुमा काठमाडौंको बबरमहलस्थित नेपाल युवा संस्था सञ्जाल (आयोन) र नेपाल अपाङ्ग महिला संघ कालोपुल रहेका छन् ।
यसैगरी व्यक्तिहरुमा धनुषाका युवा वैज्ञानिक झासहित राजन खतिवडा डुमरवाना-४ बारा, सुस्मिता मास्के काठमाडौं महानगरपालिका-२३, भवेश खनाल काठमाडौं महानगरपालिका-११, प्रदीप परियार भिमेश्वर-१ सिन्धुली, डा. विन्दु शर्मा उरहरी-२ दाङ र गोमावती पुन दाङ रहेका छन् ।
सम्मान आउँदो २७ गते औपचारिक कार्यक्रम गरी प्रदान गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/08/306895/#sthash.AUcNSrv4.dpuf

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्