राष्ट्रपतिले भने १६ बुँदे सहमति हतारमा भयो
Advertise Here Book Now



rambaranऑनलाइन सिरहा डटकम साउन १८ राष्ट्रपति डा. रामवरण यादवले प्रमुख चार दलबीच भएको १६ बुँदे सम्झौता हतारमा भएको बताएका छन् । उनले विधि र प्रक्रियाअनुसार जनताले स्वामित्व लिने गरी संविधान जारी गर्न दलहरूलाई आग्रह गरेका छन् ।
‘१६ बुँदे सहमति यति हतारमा भएको छ कि संविधानको मस्यौदामा धेरै पक्षको असन्तुष्टि आइरहेको छ,’ राष्ट्रपति डा. यादवले नेपाल वातावरण पत्रकार समाजसम्बद्ध पत्रकारहरूसँग आइतबार भएको भेटमा भने, ‘यो परिमार्जन आवश्यक छ भन्ने आवाज उठिरहेको छ ।’
राष्ट्रपतिले शीर्ष नेतालाई शीतलनिवास बोलाएर १६ बुँदे सहमतिले विधि र प्रक्रिया उल्लंघन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । राष्ट्रपति डा. यादवले संविधान निर्माणका क्रममा अन्तर्राष्ट्रिय मान्यता र जनताको स्वामित्व लिनुपर्ने दोहोर्‍याएका थिए ।
‘विधि र प्रक्रिया, अन्तर्राष्ट्रिय मान्यता, जनताको ओनर्सिप लिने काम होस् भन्दै आएको छु, अहिले पनि म त्यही भन्न चाहन्छु,’ राष्ट्रपतिले भने, ‘यस्तो संविधान आओस् कि त्यसले संघीयता, लोकतन्त्र, समावेशीकरणलाई सम्बोधन गरोस् । राष्ट्रलाई डाइरेक्सन दिने संविधान बनोस् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्