पुर्व सहमति कार्यान्वयन नभएसम्म वार्ता असम्भव :महन्थ ठाकुर
Advertise Here Book Now
रंजन भण्डारी
जलेश्वर,भाद्र १० गते ।
प्रधानमन्त्री शुशिल कोईरालाले आव्हान गरेको वार्ता मधेश आन्दोलनलाई वंग्याउने षडयन्त्र भएकोले पुर्वमा भएको सहमति कार्यान्वयन नभएसम्म र प्रहरी दमन नरोकिएसम्म वार्ता असम्भव भएको तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले बताएका छन ।
सदरमुकाम स्थित दुर्गाचौकमा कोणसभा गर्दै महन्थ ठाकुरले सो बताएका छन । विगत १३ दिन देखि आन्दोलनरत संघिय लोकतान्त्रिक मधेशी मोर्चा लगायतका मधेशवादी दलहरुलाई सम्बोधन गर्दै कैलालीको टिकापुरमा थारु आन्दोलन सत्तापक्षको दमनको प्रतिफल भएकोे उहाले बताउनु भयो ।
सभामा बोल्दै ठाकुरले मधेश र मधेशी माथी सत्तापक्षले बारम्बार धोका गर्दै आएकोले यसपालीको आन्दालन निर्णायक हुने र दमन,अन्याय,अत्याचार का साथै मधेशीके सहि हक मधेशीलाई नदिएसम्म आन्दोलन यथावत रहने समेत बताए ।
यता बन्लाई समर्थन गर्दै बल्वा गाविसमा बुधवार साझ सयौको संख्यामा संघिय मधेशी मोर्चा कार्यकर्ताहरुले मशाल जुलुश निकालेका छन । बन्दको समर्थनमा पिपरा,मटिहानी,रामगोपालपुर लगायतका विभिन्न ठाउ उत्रेको जानकारी प्राप्त भएको छ ।