विरोध जुलुशमा १० हजार भन्दा बढी मानिसहरुको सहभागिता
Advertise Here Book Now
फिरोज शेख , सिरहा , लहान भाद्र १० -
मस्यौदाको बिरोध तथा सीमाङ्कनको विरोधमा थारु कल्याणकारणी सभा जिल्ला कार्य समिति सिरहा द्वारा अनिश्चित तराई बन्दको तेर्हौ दिन बिहिबार लहानमा बिरोध जुलुश निकालेका छन।सिरहा र सप्तरी को बिभिन्न क्षेत्र बाट आएका थारु समुदाय संगै मधेशी , मुस्लिम , दलित ,जनजाती ,महिलाहरुको जनसागरले लहान तातिएको थियो। उक्त विरोध जुलुशमा लगभग १० हजार भन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो।विभिन्न जिल्लामा थुप्रै थारु आन्दोलनकारीलाई प्रहरीले हिरासतमा राखी यातना दिएर राखिरहेको भन्दै हत्यारा गृहमन्त्री वामदेव गौतम राजिनामा दे ,तराई मधेश, अप्पन प्रदेश ,परिचालन गरिएको सेना फिर्ता गर ,पहिचान सहितको संविधान कायम गर , प्रहरी दमन बन्द गर , बिगतमा भएको सम्झौता कार्यवयन गर ,हाम्रो शान्ति पूर्ण आन्दोलन जारि रहनछ ,थारुवान– थरुहट प्रदेश घोषणा गर ,थारु ,मधेशी ,मुस्लिम ,दलित ,जनजाति,पिछाला वर्ग ,मारवाडी ,व्यपारी एकता जिन्दावाद लगायतका नारा लगाउदै लहानको आन्दोलन चौक बाट निस्केको जुलुस लहानको परिक्रमा गरी शहिद चौकमा कोण सभामा परिणत भएको थियो ।