धनुषामा करेन्ट लागेर एक बालकको ज्यान गयो
Advertise Here Book Now
जनकपुरधाम,साउन २३ गते ।-
धनुषामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा धनुषा बक्चौरा बस्ने विरेन्द्र मण्डलका खत्वेका ५ वर्षीय छोरा कमलेश मण्डल छन् ।
बलक आफ्नो मावली धनुषाको मथलेश्वर मौवाही ८ बस्ने मामा भुट्टा मण्डलका घर आएका थिए । प्रत्यक्षदर्शीका अनुसार शुक्रबार साँझ मामाका छिमेक विल्टु ठाकुर शर्माले विजुलीको तारमा हुकिंग गरिरहेको बोला बालक बाटोबाट जाँदै गर्दा करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका बाललको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले हुकिंग गर्ने शर्मालाई पक्राउ गरेको र बालकको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाएको छ ।

