गच्छदार किन गरे ६ प्रदेशको खाकामा हस्ताक्षर ?
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन २४/फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ६ प्रदेशमा सहमति भए पछि आफु हसताक्षर नगर्ने भनेर बैठक बहिष्कार गरि बाहिरिउको थिए तर केही वेरमै मध्यरात तिर यस्तो के भयो जसले गर्दा गच्छेदार सहमतिमा नै ६ प्रदेशको खाकामा हस्ताक्षर गरे ।
१६ बुदँे सम्झौतामा आफु सक्रिय रहेर अगाडी वढाए, र ६प्रदेशको विषयमा मात्र अल्झिएर संविधान बन्न गाह्रो भएकोले मुलुकको हितलाई ध्यानमा राख्दै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्ष विजय गच्छेदारले आफु सहमतिपत्रमा हस्ताक्षर गरेको बताएका छन् ।
अवेर रातिसम्म सिंहदरवार भित्र भइरहेको सहमति तथा संवाद समितीमा चार दलबीच भएको ६ प्रदेश (सीमाङ्कन सहित ) बनाउने सहमतिमा हस्ताक्षर गरेका गच्छदारले पार्टीको धारणा फरक रहे पनि चाँडै संविधान निर्माण गरी मुलुकलाई अघि बढाउन आफूले सम्झौता गरेको उनले बताए ।
गच्छेदारले “सीमाङ्कन लगायत धेरै विषयमा हाम्रा पार्टीको धारणा विपरीत रहेको रतयसमा हाम्रा असहमति पनि रहेको छन्, तर ती विषयहरुलाई संविधान निर्माणका थप चरणहरुमा उठाउँछौ, यो नै अन्तिम होइन,” भनि उनले भने ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्