लागु औषध सहित पति पत्नी पक्राउ
Advertise Here Book Now
![]() |
| मोटरसाइकलको सिट तल र कम्मरमा सलले बाँधेर ल्याएको अवैध लागु औषध कोरेक्स शुक्रवार इलाका प्रहरीमा सार्वजनिक गर्दै र पक्राउ परेका सिरहा भदैयाका मोहम्मद सहमद र उनकी पत्नी नजमा खातुन । |
लहान, श्रावण २२ - प्रहरीले सिरहा गाढा.५ स्थित लहान-ठाडी सडक खण्डबाट शुक्रवार लागुऔषध कोरेक्स सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी लहानका डीएसपी उमाप्रसाद चर्तुवेदीका अनुसार भारतको लौकाहाबाट लहान तर्फ स.१प.६४२५ नम्वरको मोटर साईकलमा ल्याउदै गरेको अबैध लागु औषध एक सय एमएलको ५० वोतल कोरेक्स सहित सिरहा भदैया ७ का ३७ वर्षीय मोहम्मद सहमद र उनकी पत्नी ३५ वर्षीया नजमा खातुनलाई पक्राउ गरेको हो ।
मोटरसाइकल चेक जाँच गर्ने क्रममा सिटमुनी लुकाइएको अवस्थामा १५ बोतल र मोटरसाईकलमा पछाडि सिटमा सवार नजमाको कम्मर तथा दुबै तिघ्रामा सलले बाधी लुकाएको अबस्थमा ३५ बोतल अबैध लागु औषध कोरेक्स फेला परेको थियो । सोधपुछका क्रममा घरको अगाडी पट्ट िआगनमा खाल्डो खनी बालुवाले पुरी लुकाई राखेको अवस्थामा २२ बोतल लागु औषध कोरेक्स प्रहरीले फेला पारेको थियो ।


