Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम लहान , २२ साउन /दिनेश्वर गुप्ता ‘मधेश आन्दोलनमा म विवादित मान्छे’ ‘सहिद रमेशका आमाबुबा र दाजुलाई जानकारी होला ’ ‘उहांहरुको इच्छा अनुसार सहिद रमेशको लागि व्यावस्थापन गरेको हो ।’ तर, आन्दोलनको नेतृत्व गलत व्यक्तिको हातमा परेको आज प्रमाणित भएको नेकपा माओवादीका अध्यक्ष मातृका यादवले बताउंनुभयो । मिशन मधेश र मधेशी नागरिक समाजले आयोजना गरेको मधेश मुक्ति किन ? विषयक अन्तरसंवाद कार्यक्रममा आज (विहीवार) लहानमा माओवादी अध्यक्ष यादवले मधेश आन्दोलनका नेतृत्वपंक्ति नीजि स्वार्थ, पैसा र पदमा डुबेकोले आन्दोलनलाई सकारात्मकतर्फ डोर्याउंन नसकेको आरोप लगाउंनुभयो । अध्यक्ष यादवले मधेशवादी सबैको उद्देश्य एक हुनुपर्छ र यसको लागि स्वायत्त मधेश प्रदेश नै हुनुपर्छ । अनि मात्रै मधेशीले आन्तरिक मुक्ति पाउंन सक्छ । अलग देश मधेश होस् भनेर चाहना मात्रै राखेर हुंदैन् । सरकारसंग माग गर्दा के पाउंने उल्टो अधिकार कटौती गरेको छ यादवले बताउंनुभयो । सद्भावना पार्टी (गजेन्द्रवादी) का केन्द्रीय अध्यक्ष विकास तिवारीले ‘मधेश बचाऔं, संघर्ष गरौं ’ भनी मुल नाराका साथ हामी आन्दोलनमा उत्रिएका हौं भन्दै मधेश टुक्रा टुक्रा गरेर संघीयता दिऔं भने त्यो हाम्रो लागि अपच्य हो बताउंनुभयो । गौतम बुद्ध नेपाल न भारतमा जन्मेको हो मधेशपुत्र हो । बुद्धको आफ्नै राज्य थियो र १३ जनपथ (राज्य)हरुको महाजनपथ (महाराज्य) स्वंम गौतम बुद्ध रहेको थियो उहां तिवारीले बताउंनुभयो । कार्यक्रममा पूर्व मन्त्री तथा संघीय समाजवादी फोरम नेपालका राजलाल यादवले मधेश आन्दोलन एउटा भूकम्प थियो । यसको कुनै नेता थिएन् । नेता भएको भए आन्दोलन नै हुने थिएन् । नेताहरुले आज आन्दोलन गर्दा मधेशी जनता सडकमा आउंदैन् भनी यसैले आज प्रमाणित गरेको छ बताउंनुभयो । कार्यक्रमका प्रमुख अतिथी केदार यादवले मधेशमा विभेद अन्त्य नहुने भएकोले स्वतन्त्र मधेश नै भए मधेशीको मुक्ति हुने बताउंनुभयो । संविधान मस्यौदाको क्रममा प्रहरीले मधेशीमाथी जुन दमन गरियो , त्यो नजायज हो । सुशिल, ओली, प्रचण्डलगायत जसरी एक भएर मधेशीमाथी प्रहार गरिरहेको छ त्यसैगरी मधेशवादीका नेताहरु एक भएर अघि बढियो भने मधेश मुक्ति हुने मानव अधिकार संगठनका केन्द्रीय सदस्य राजकुमार राउतले बताउंनुभयो । कार्यक्रममा आशा पाल, शिक्षाकर्मी हिरालाल कर्ण, नेपाल पत्रकार महासंघ सिरहाका सचिव जीवछ उदासी, पत्रकार मनोज बनैता, युवा मधेशी नेता बलराम यादव, रामविलास यादव, बृहत्त मधेशी नागरिक समाजका सुर्यप्रसाद सिंह, मधेशी कर्मचारीका जयनारायण यादव, मिशन मधेशका दिनेश्वर गुप्ता, मधेशी नागरिक समाजका प्रताप यादव, एनजिओकर्मी दुर्गा महतो, अशोक यादवलगायतका वक्ताले मधेश मुक्तिको लागि विभेद अन्त्य हुनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा एमाओवादीका केन्द्रीय सदस्य रामरिझन यादवले इमेलबाट पठाइएको अवधारणा समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमका सभाध्यक्षता मिशन मधेशका दिनेश्वर गुप्ताले गर्नुभएको थियो भने कार्यक्रम संचालन मधेशी नागरिक समाजका प्रताप यादवले गर्नुभएको थियो । सहिद रमेशप्रति माओवादीका मातृकाले श्रञ्जली अपर्ण गर्दै मधेश आन्दोलनको दूई पात्र एक सहिद अर्का माओवादी नेता मातृका यादव । सहिद रमेश महतोलाई अन्तिम अवस्थामा पुर्याउंने त्यो पात्र हुन् जो आज मिशन मधेशले आयोजनाको मधेश मुक्ति किन ? विषयक अन्तरसंवादमा माओवादीका नेता मातृका यादवले प्रथम पटक भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । मधेश आन्दोलनका एक नेता केदार यादवले भने ‘सुवहका भेटका सांझमे घर चले आए, इसे हराया नही कहां जाता ।’ उता, मधेश आन्दोलनका अर्कापक्ष सियाराम ठाकुरले भने ‘मातृका अब मधेशी भएका हुन्, आन्दोलन त मैले पो गरेका थिए ।’ सियाराम ठाकुरको गोली प्रहारबाट रमेश महतो सहादत्त प्राप्त गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्