बन्दका कारण देशभरकै जनजीवन प्रभावित
Advertise Here Book Now

ऑनलाइन  सिरहा डटकम/ मोहन वैद्य नेतृत्वको माओवादीसहितका दलहरुले आज गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । बाटोमा फाट्टफुट्ट मात्र सार्वजनिक यातायतका साधन चलेको देखिएका छन् ।
बन्दको क्रममा काठमाडाैंको बबलमहलमा बिहानै एउटा बसमा तोडफोड भएको छ । प्रतिगामी संविधान ल्याउन खोजेको भन्दै गरिएको बन्दका बेलामा गाडी चलाएको भन्दै बन्दकर्ताले अरनिको राजमार्गमा गुड्ने बा २ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका हुन् ।
६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाई बन्द आब्हान गरेको वैद्य माओवादीलाई जनजाति र मधेस केन्द्रीत दलहरुले पनि साथ दिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्