मधेशमा बन्दको कारण ले गर्दा खाद्यान सहित पेट्रोलको भाउ बृद्धि
Advertise Here Book Now
सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले तराई मधेस बन्दको आह्वान गरेको हो । मोर्चाको कार्यकर्ताले कुनै पनि सवारीसाधन चल्न दिएका छैनन् भने पूर्व पश्चिम राजमार्गको ठाउँठाउँमा ढुङ्गा तेर्साएर सडक अवरुद्ध पारेका छन् ।
यस्तै बन्दबाट सप्तरीमा कलकारखाना, उद्योगधन्दा, बजार पसल, शिक्षण संस्थासमेत ठप्प रहेको छ । मोर्चाका कार्यकर्ताले सप्तरीको विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
यता लामो समयदेखिको बन्दका कारण दैनिक उपभोग्य सामानमा महँगी बढ्न थालेको छ । खासगरी खाद्यान्न सामग्री र सागसब्जीलगायतको दैनिक उपभोग्य सामग्रीमा दोब्बर महँगी बढेको उपभोक्ता बताउँछन् ।
यस्तै लामो समयको बन्दले यहाँको बजारमा पेट्रोलको अभाव भई भाउ बढेको छ । प्रति लिटर रु ११५ मा पाइने पेट्रोल लगातारको बन्दले अहिले रु १५० मा किन्न बाध्य भएको उपभोक्ता परमेश्वर झाले बताउनुभयो । रासस

