चारदलीय सहमतिको विरोध वीरगन्जमा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन २४ /चार दल बीच सहमति भएको २४ घण्टा नवितदै सो सहमतिको विरुद्ध विभिन्न मधेशवादी दलहरु प्रदर्शनमा उत्रेका छन् ।चार दलीय सहमतिको विरोध गर्दै आज वीरगन्जमा विभिन्न राजनीतिक दलहरुले प्रदर्शन गरेका छन् । काँग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिक बीच शनिबार राती भएको सहमति मधेश विरोधी भएको भन्दै संघीय समाजवादी फोरम नेपालको भातृ संगठन युवा फोरमले आज वीरगन्जको घण्टाघर चोकमा चाल दलका सिर्ष नेताहरुको पूत्ला दलहन गरी विरोध जनाएको हो ।
अबेर राती दलहरुले गरेको सहमती घोर मेधश विरोधी भएको भन्दै युवा फोरम पर्साका अध्यक्ष जलसुदिन अंसारीको नेतृत्वमा काँग्रेस सभापतिथ सुशिल कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारको पूत्ला दहन गरेको छ ।
चार दल बीत अबेर राती भएको सहमती मधेश बिरोधी र मधेशीलाई दस बनाई राख्न चार दलिय सडयन्त्रको दास्तबेर रहेको ठहर गर्दै फोरम नेपालले सो विरुध कडा संर्घष उत्रीने चेतावी दिएको छ । पुत्ला दहन कार्यक्रममा उपस्थित रहेको फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष मंजुर अंसारी, सलाउदिन अहम्द, हजारी साह,छोटेलाल साह, नागेन्द्र साह लगायतका नेताहरुले मधेशी जनताले चार दलको जाल झेल बुझेकाले अब सहमती र निकासको नाममा जति नाटक मञ्चन गरेपनि मधेशी, जनजाती, दलित, मुस्लिम, महिला, आदिवासी र विभेदमा पारिएका सिमांक्रित समुदय सडक संर्घषकालागि तयार रहेको उद्यघोष गरेका थिए ।
पार्टी पर्साका जिल्ला अध्यक्ष प्रदिय यादव जरुरी कामले भारत तर्फ जानु परेको जानकारी दिदै कार्यवाहक अध्यक्ष अंसारीले अध्यष यादवको वीरगन्ज आगनम लगतै संर्घषको विभिन्न कार्यक्रम संचालनमा ल्याइने बताउनुभयो।

