मधेशीको अधिकार सुनिश्चित नभए संघर्षमा जाने....................
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम २४ साउन /संविधानको प्रारम्भिक मस्यौदा सुझाव संकलनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले शनिबार जनकपुरमा कोणसभा गरेको छ ।
मोर्चाले पूर्व निर्धारित कार्यक्रम अनुसार शनिबार जनकपुरको जनकचोकमा कोणसभा आयोजना गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै मोर्चाका नेताहरुले सीमांकन र नामांकन बीनाको संविधान आपूmहरुलाई स्वीकार्य नहुने तर्क दोहोर्याए ।
सद्भावना पार्टीका केन्द्रिय नेताद्धय कामेश्वर झा र लाल किशोर साहले चार दललाई मधेश विरोधी बताउ“दै मधेशीको हक अधिकार खोसे फेरी जनविद्रोह हुने चेतावनी दिए । तराई मधेश लोकतान्त्रिक पार्टी क्षेत्र नम्बर–४ का क्षेत्रीय अध्यक्ष योगेन्द्र रायको अध्यक्षतामा भएको कोणसभामा नेता झाले मधेश र मधेशीलाई विभेद गरिएको आरोप लगाए ।
उनले मधेश र मधेशीको अधिकारको लागि सबै जना एकजुट भएर संघर्ष गर्नुपर्ने तर्क उनको थियो । यसैगरी केन्द्रिय सदस्य साहले पनि मधेश र मधेशीको हकअधिकारको लागि सबैलाई संघर्षमा उत्रिन आग्रह गरे ।
कार्यक्रममा संघीय समाजवादी फोरम, नेपालका विजय कुमार मण्डल, प्रदिप साह, हरी नारायण यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका धिरेन्द्र सिंह, विन्दु ठाकुर, उमेश मण्डल, पुनम झा, रेणु झा, सदाशिव मिश्र, तमसपाका बलदेव साह लगायतले सम्बोधन गरेका थिए ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव पशुपति यादवले संचालन गरेको कार्यक्रममा तमलोपाका केन्द्रिय उपाध्यक्ष वृषेश चन्द्र लाल, सभासद् उर्मिला साह, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष शेष नारायण यादव, तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साह, सद्भावनाका जिल्ला अध्यक्ष संजय शर्मा लगायतको उपस्थिति थियो ।