६ सय ४७ नक्कली भूकम्पपीडितबाट राहत रकम फिर्ता
Advertise Here Book Now
स्थानीय प्रशासनका अनुसार सिन्धुपाल्चोकमा तीन सय र रसुवामा एक सयजना नक्कली भूकम्पपीडितले राहत रकम फिर्ता गरेका छन् ।
नुवाकोटका डिएसपी अरुण पौडेलका अनुसार राहत लैजाने सात हजार जनाविरुद्ध उजुरी परेका छन् । तर, कसैले पनि राहत रकम फिर्ता नगरेको उनले बताए । अनुसन्धानपछि राहत रकम फिर्ता हुने उनको भनाइ छ ।
गोरखामा १० जनाले रकम फिर्ता गरेका छन् । गोरखाका सहायक सिडिओ दीपेन्द्र पौडेलका अनुसार नक्कली भूकम्पपीडितले राहत लगेको भन्दै करिब नौ सयजनाविरुद्ध उजुरी परेको छ । उजुरीमाथि छानबिन भइरहेको उल्लेख गर्दै उनले भने, ‘राहत रकम फिर्ता नगर्नेलाई ठगी मुद्दाअन्तर्गत कारबाही हुन्छ ।’
काभ्रेमा उजुरी परेको २२ मध्ये पाँचजनाले रकम फिर्ता गरेका छन् । सिडिओ सुदर्शनप्रसाद ढकालका अनुसार काभ्रेमा रकम फिर्ता गर्न सात दिनको म्याद दिइएको छ । उनले भने, ‘नक्कली भूकम्पपीडितले रकम लिएको उजुरी आयो ।
अनुसन्धान भइरहेको छ । सात दिनको म्याद दिएका छौँ । समयमा फिर्ता गरेमा कारबाही हुँदैन । नत्र ठगी मुद्दा चल्छ ।’
ललितपुरका सिडिओ यादवप्रसाद कोइरालाले ७० भन्दा बढी उजुरी परेको जानकारी दिए ।

