अवैध सामानसहित एक पक्राउ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन १८/भारतको वीरपुरबजारबाट भन्सार छलेर अवैधरुपमा विभिन्न किराना सामान साइकलमा पैठारी गरी ल्याउँदै गर्दा सामानसहित एक व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भारदहको गस्ती टोलीले जाँच गर्दा भारदह–१ निवासी राहुलकुमार गुप्तालाई अवैध सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनीसँगै रहेका अरु तीन जना व्यक्ति साइकलमा लोड गरिएका किराना सामान छाडेर फरार भएका थिए । उनीहरुको साथबाट १५० किलो चिनी, २५ किलो चना दाल, २० किलो मुसुरी दाल, चार किलो जिरा, दुई पोका नवरत्न तेल, महक कम्पनीको भुजिया ३४ पोकालगायतको करिब एक लाख मूल्य बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ । 
