अपडेट :सप्तरीमा प्रहरीको गोली लागि प्रर्दशनकारीको मृत्यु
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम भदौ १/सप्तरीको भारदहमा प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जना प्रर्दशनकारीको मृत्यु भएको । गोली लागि संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता राजिव राउतको मृत्यु भएको हो । प्रहरीको गोलीबाट अन्य प्रर्दशनकारीहरु पनि घाइते भएका छन् । थप जानकारी आउन बाँकी रहेको छ ।
---------------------
अपडेट
बन्दको आह्वान गरेर बसेका प्रदर्शनकारी र प्रहरीबीच सप्तरीको भारदहमा मंगलबार विहान झडप हँदा एक जनाको मृत्यु भएको छ । प्रहरीले फाईर गर्दा गोली लागेर सप्तरी भारदह १ निवासी संघीय समाजवादी फोरम नेपालका कार्यक्रता राजीव राउतको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत भारदहमा चक्काजाम गरी बसेका मधेशी मोर्चाका कार्यकर्ताहरुले प्रहरीले बन्द खुलाउन थाले पछि । प्रदर्शनकारीले नाराबाजी गर्दा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन फाईर र अश्रु ग्याँस प्रहार गरेको हो ।
झडपको क्रममा फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहसहित आधा दर्जन आन्दोलनकारीलाई गोली लागेको मोर्चा श्रोतले जनाएको छ । घाईतेहरुलाई उपचारको लागी बिपि कोईराला विज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने केहीको उपचार राजविराजमा भईरहेको छ ।


