मधेसी मोर्चाद्वारा अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा
Advertise Here Book Now

Madhesi-morchaऑनलाइन सिरहा डटकम साउन ३२ / काठमाडौं । वैद्य माओवादीसँग मिलेर दुई दिने नेपाल बन्द घोषणा गरेको मधेसी मोर्चाले सोमबार अनिश्चितकालीन तराई-मधेस-थरुहट बन्दको घोषणा गरेको छ ।
मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायद्वारा सोमबार जारी प्रेस वक्तव्यमा अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा गरिएको हो ।
वक्तव्यमा भनिएको छ समानुपातिक समावेशीकरण र पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने सुनिश्चितता नहुञ्जेलसम्म सम्पूर्ण मधेश-तराई-थरुहट बन्द तथा आम हड्तालको कार्यक्रम अनिश्चितकालका लागि निरन्तर जारी नै रहिरहनेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्